English

चुनावी तालमेलबारे थप निर्णय गर्दै गठबन्धन



नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने भएको छ ।

गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय नभए पनि समय तय हुन बाँकी रहेको बताइन् ।

१७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरु भएको छ ।

तर तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । डा.शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ ।

कांग्रेसको संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्षदेखि निरन्तर गठबन्धनविरोधी अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन ।

नेता वर्षमान पुनले माओवादी-एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् । तैपनि गठबन्धनलाई थप मजबुत बनाएर लैजाने गठबन्धनका शीर्ष नेताहरूले बताउँदै आएका छन् ।

यो पनि…
भाषण होइन गाली गर्छन् नेताहरू

ओलीका ६ आक्रोश अनि ३ खुसी
आखिर करिश्माले किन छानिन् एमाले ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested