English

धुवाँमुक्त गाउँ: धुवाँमा निस्सासिँदै गृहिणीहरू



साँघुरो घर । घरैभित्र धुवैँधुवाँ । खाना पकाउन बलिरहेका दउरा । गाईवस्तुलाई खोले पकाएका भाँडाहरू । धुवाँले निस्सासिँदै बिहान बेलुकी दैनिकी बिताइरहेका छन्, तेह्रथुम छथर गाउँपालिका–४, फाक्चामारा सिर्जनाटोलका नागरिकहरू ।

यो टोलमा कसैको घरमा सुधारिएको चुल्हो छैन । सुधारिएको चुला नहुँदा परम्परागत चुला नै प्रयोग गर्दै आएको पुकिमाया मग्रातीले बताइन् । ‘सुधारिएको चुल्हो बनाएको छैन । हामी पितापुर्खाले जे प्रयोग गर्दै आएका थियौँ, त्यही चुल्हो नै प्रयोग गर्दै आएका छौँ । सुधारिएको चुल्होबारे हामीलाई राम्रो ज्ञान पनि छैन, त्यसैले पनि बनाएका छैनौँ,’ उनले भनिन् ।

घरमा एक्लो छु, बनाउने मान्छे पनि छैनन् । पैसा पनि छैन । धुवाँले आँखाभरि आँसु झार्दै भए पनि यही चुल्होमा खाना पकाउँदै आएका छौँ।

पुकिमायाजस्तै तिलमाया मग्राती पनि परम्परागत चुल्हो नै प्रयोग गर्दै आएकी छिन् । ‘घरमा एक्लो छु, बनाउने मान्छे पनि छैनन् । पैसा पनि छैन । धुवाँले आँखाभरि आँसु झार्दै भए पनि यही चुल्होमा खाना पकाउँदै आएका छौँ,’ उनले भनिन् ।

केही वर्षअघि राष्ट्रिय अभियानका रूपमा घरभित्रको धुवाँमुक्त बनाउने प्रयासमा केही घरमा चुल्हो नबनाइएका भने होइनन् तर, प्रयोगमा आउन सकेनन् ।
दलित तथा जनजाति बसोबास रहेको यो टोलमा छथर गाउँपालिकाको आर्थिक सहयोगमा देउराली सोसाइटी तेह्रथुमले पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरेको सोसाइटीका निर्देशक कपिलदेव सिंघकले बताए ।

शौचालय पनि छैन

उनका अनुसार यो टोललाई नमुना टोल बनाउने उद्देश्यका साथ टोलमा घर संख्या, शौचालय तथा सुधारिएको चुल्होहरूको तथ्यांक संकलन गरिएको छ । २८ घरधुरीको रहेको यो टोलमा पाँच घरमा अझै शौचालय नै छैन ।

पाँच घरमा पक्की शौचालय भए पनि १८ घरमा भने कच्ची शौचालय मात्र छन् । खुला दिसामुक्त जिल्ला घोषणा गरेको पनि ६ वर्ष बितिसक्दा पनि अझै शौचालय बनाएका छैनन् ।

शौचालय नै नभएपछि पूर्ण सरसफाइमा समेत समस्या देखिएको छ । सरकारले शौचालय तथा चुल्हो निमार्णका लागि दिएको अनुदान कार्यक्रम अनुगमन फितलो भएका कारण पनि यस्तो समस्या भएको सरोकारवालाहरूले बताउने गरेका छन् ।

सरकारले राष्ट्रिय अभियानलाई औपचारिकता मात्र समिति बनाएको जस्तै देखिएको छ । अभियानलाई अभियानमा मात्र सीमित नराखी निरन्तरताको लागि योजना निर्माण गर्न आवश्यक देखिन्छ ।

यो पनि…
बेनीको बजार जता बाटो त्यतै छ नजर
बसाइँसराइले रित्तियो गाउँघर, झाडी भए आँगन र पिँढी




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,