English

धुवाँमुक्त गाउँ: धुवाँमा निस्सासिँदै गृहिणीहरू



साँघुरो घर । घरैभित्र धुवैँधुवाँ । खाना पकाउन बलिरहेका दउरा । गाईवस्तुलाई खोले पकाएका भाँडाहरू । धुवाँले निस्सासिँदै बिहान बेलुकी दैनिकी बिताइरहेका छन्, तेह्रथुम छथर गाउँपालिका–४, फाक्चामारा सिर्जनाटोलका नागरिकहरू ।

यो टोलमा कसैको घरमा सुधारिएको चुल्हो छैन । सुधारिएको चुला नहुँदा परम्परागत चुला नै प्रयोग गर्दै आएको पुकिमाया मग्रातीले बताइन् । ‘सुधारिएको चुल्हो बनाएको छैन । हामी पितापुर्खाले जे प्रयोग गर्दै आएका थियौँ, त्यही चुल्हो नै प्रयोग गर्दै आएका छौँ । सुधारिएको चुल्होबारे हामीलाई राम्रो ज्ञान पनि छैन, त्यसैले पनि बनाएका छैनौँ,’ उनले भनिन् ।

घरमा एक्लो छु, बनाउने मान्छे पनि छैनन् । पैसा पनि छैन । धुवाँले आँखाभरि आँसु झार्दै भए पनि यही चुल्होमा खाना पकाउँदै आएका छौँ।

पुकिमायाजस्तै तिलमाया मग्राती पनि परम्परागत चुल्हो नै प्रयोग गर्दै आएकी छिन् । ‘घरमा एक्लो छु, बनाउने मान्छे पनि छैनन् । पैसा पनि छैन । धुवाँले आँखाभरि आँसु झार्दै भए पनि यही चुल्होमा खाना पकाउँदै आएका छौँ,’ उनले भनिन् ।

केही वर्षअघि राष्ट्रिय अभियानका रूपमा घरभित्रको धुवाँमुक्त बनाउने प्रयासमा केही घरमा चुल्हो नबनाइएका भने होइनन् तर, प्रयोगमा आउन सकेनन् ।
दलित तथा जनजाति बसोबास रहेको यो टोलमा छथर गाउँपालिकाको आर्थिक सहयोगमा देउराली सोसाइटी तेह्रथुमले पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरेको सोसाइटीका निर्देशक कपिलदेव सिंघकले बताए ।

शौचालय पनि छैन

उनका अनुसार यो टोललाई नमुना टोल बनाउने उद्देश्यका साथ टोलमा घर संख्या, शौचालय तथा सुधारिएको चुल्होहरूको तथ्यांक संकलन गरिएको छ । २८ घरधुरीको रहेको यो टोलमा पाँच घरमा अझै शौचालय नै छैन ।

पाँच घरमा पक्की शौचालय भए पनि १८ घरमा भने कच्ची शौचालय मात्र छन् । खुला दिसामुक्त जिल्ला घोषणा गरेको पनि ६ वर्ष बितिसक्दा पनि अझै शौचालय बनाएका छैनन् ।

शौचालय नै नभएपछि पूर्ण सरसफाइमा समेत समस्या देखिएको छ । सरकारले शौचालय तथा चुल्हो निमार्णका लागि दिएको अनुदान कार्यक्रम अनुगमन फितलो भएका कारण पनि यस्तो समस्या भएको सरोकारवालाहरूले बताउने गरेका छन् ।

सरकारले राष्ट्रिय अभियानलाई औपचारिकता मात्र समिति बनाएको जस्तै देखिएको छ । अभियानलाई अभियानमा मात्र सीमित नराखी निरन्तरताको लागि योजना निर्माण गर्न आवश्यक देखिन्छ ।

यो पनि…
बेनीको बजार जता बाटो त्यतै छ नजर
बसाइँसराइले रित्तियो गाउँघर, झाडी भए आँगन र पिँढी




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested