English

आफ्नो शरीरको छाला कुन किसिमको हो ? यसरी थाहा पाउनुहोस्



प्रत्येक व्यक्तिले आफ्नो छालाको प्रकार थाहा पाउनु एकदमै जरुरी हुन्छ । छालाको प्रकार अनुसार छालाको हेरचाह गरिएन भने छालामा विभिन्न समस्याहरू देखिन सक्छन् । त्यसैले, छालाको प्रकारअनुसार त्यसको हेरचाह गर्नुपर्ने हुन्छ ।

घरमै छालाको प्रकार थाहा पाउने उपाय
राति सुत्नुअघि सफा पानीले मुख धुने ।
– कुनै पनि प्रकारको कस्मेटिक प्रोडक्ट नलगाउने ।
– कोठामा एसी, फ्यान र कुलर केही पनि नखोलेर सुत्ने ।
– बिहान उठ्ने बित्तिकै ऐना अगाडी उभिने र आफ्नो अनुहारलाई हत्केलाले ट्याप–ट्याप गर्ने ।

विशेषगरी, निधार, नाकदेखि चिउँडोको भाग (टी–जोन) र चिउँडोदेखि गालाको भाग (यु–जोन) लाई हात तथा टिस्युले ट्याप–ट्याप गर्दा तेल निस्कन्छ भने तपाईंको छाला तैलीय (ओयली) हो । यसरी ट्याप गर्दा अनुहारको यी दुई भागको छाला सुक्खा देखियो भने तपाईंको छाला सुक्खा (ड्राई) हो ।

छालामा तेल पनि निस्किएन र धेरै सुख्खा पनि भएन भने छाला सामान्य (नरमल) हो । तर, (टी–जोन) तैलीय छ र यु–जोन सुक्खा छ भने त्यस प्रकारको छालालाई संयोजन (कम्बिनेसन) छाला हो ।

अर्को उपाय
बिहान उठ्नेबित्तिकै ऐनाको अगाडि उभिने ऐनामा हेर्दा तपाईंको छाला अलि साइनीङ तथा तैलीय देखिन्छ । अनुहारमा छिद्रहरू देखिन्छ भने तपाईंको छाला तैलीय हो । ऐनामा हेर्दा तपाईंको छाला सुक्खा र टाइट देखिन्छ भने सुक्खा हो । टी–जोन तैलीय र यु–जोन सुक्खा छ भने संयोजन हो । छाला धेरै तैलीय छैन र सुक्खा छैन भने सामान्य र छाला रातो र धेरै त सुक्खा देखियो भने संवेदनशील हो ।

ध्यान दिनुपर्ने कुरा
यसरी महसुस गरेर तथा ऐनामा हेरेर घरमै आफ्नो छालाको प्रकार थाहा पाउन सकिन्छ । तपाईंलाई आफ्नो छालाको प्रकार थाहा भए पनि समय समयमा धेरै कारणले छालाको प्रकार परिवर्तन हुन सक्छ ।

उमेर, स्वास्थ्य अवस्था र वातावरणीय प्रदूषणको कारणले छालाको प्रकार परिवर्तन हुन्छ । त्यसैले समय समयमा आफ्नो छालाको प्रकार जाँच गरेर त्यही अनुसार छालाको हेरचाह गर्नुपर्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू
ध्यान गर्दा नियम पालना गरौं
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested