English

अपार्टमेन्ट किन्ने कि घर बनाउने ?



भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोप कुन बेला आउँछ पत्तो हुन्न । तर, आउँदा व्यक्तिगत घरभन्दा अपार्टमेन्ट बढी सुरक्षित हुन्छ । अपार्टमेन्ट बनाउँदा धेरै परिवार र ठूलो समुदाय एउटै घरमा बस्छन् भन्ने भएपछि सुरक्षाको हिसाबमा यो बढी सुरक्षित हुन्छ ।

यसमा भूकम्प प्रतिरोधी सामग्रीहरूको प्रयोग गर्ने एवं आगलागीबाट बच्न निर्माण समयदेखि नै पूर्वाधारको विकास गरिएको हुन्छ । अधिकांश निजी घर बनाउँदा यसबारे ध्यान दिइएको हुँदैन । सस्तोमा घर बनाउँदा सुरक्षामा ध्यान दिइँदैन । त्यसैले, प्राकृतिक प्रकोपको जोखिमका हिसाबले घरभन्दा अपार्टमेन्टमा बस्नु सुरक्षित देखिन्छ ।

अपार्टमेन्टका सुविधा

अपार्टमेन्टमा पाइने तर घरमा नपाइने मुख्य सुविधा भनेको त सुरक्षा नै हो । यसका अतिरिक्त अपार्टमेन्टभित्रै अभ्यास गर्ने ठाउँ, स्वीमिङ पुल र ग्रोसरी सुविधा पाइन्छ । अपार्टमेन्टमा बस्दा बालबच्चा कम्पाउन्डमा हिँडडुल गर्न सहजै सक्ने र गुडिरहेको गाडीले ठक्कर दिने जस्ता जोखिम कम हुन्छ । सबै तरिकाको सुरक्षाको लागि अपार्टमेन्टमा सुविधा बढी हुन्छ ।

अपार्टमेन्टमा बस्दा ध्यान दिनुपर्ने कुरा

अपार्टमेन्ट खरिद गर्दा केही मूलभूत विषयलाई ध्यान दिनुपर्छ । अपार्टमेन्ट खरिद गर्दा आफ्नो आम्दानीको स्रोत र आफूसँग भएको सम्पत्तिको आधारमा कति मूल्यको अपार्टमेन्ट किन्ने ? त्यो विषयमा यकिन हुनुपर्छ ।

अपार्टमेन्ट किन्ने यकिन भइसकेपछि आम्दानी र सम्पत्तिको आधारमा अपार्टमेन्टको कानुनी प्रक्रियाबारे सबैभन्दा पहिले बुझ्नुपर्छ । कानुनी कुरा मिलेपछि त्यहाँभित्र रहेको अस्पताल, विद्यालय जस्ता सुविधा कति पर छन् र त्यो त्यहाँबाट आउजाउ गर्न सहज छ कि छैन यकिन गर्नुपर्छ ।

अपार्टमेन्ट लिँदा बैंकले पछि ऋण लगानी गर्ने/नगर्ने कस्तो खालको छ ? त्यो बुझ्नुपर्छ । विवादित ठेकेदार वा मापदण्ड पूरा भएको छैन भने बैंकले ऋण लगानी नगर्न सक्छ । त्यो कुरा पहिले नै ध्यान दिनुपर्ने हुन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested