English

हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै



हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि उनि पहिलोपटक नेपाल आउन लागेका हुन् ।

भिडियो संदेश पठाउँदै सिल्भियोले आफू हिमालयको देशमा आउन पाउँदा उत्साहित रहेको बताएका छन् । कलाकारितासँगै फिटनेस कोच र तेक्वान्दो मास्टरसमेत रहेका सिल्भियोले प्रशिक्षणमा भेटघाट हुने विश्वास व्यक्त गरेका छन् । ‘म काठमाडौंमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्दैछु’ उनले भिडियोमा भनेका छन् ।

सिल्भियो मार्सल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । उनले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन् । उनले डेड ओर अलाइभ, ट्रान्सपोर्टर ३, म्यान अफ ताई चिलगायतका फिल्ममा अभिनयसमेत गरेका छन् ।

सिल्भियो एक्सन फर नेसन्सको सद्भावना दूत पनि हुन । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिमलगायतका महत्वपूर्ण कार्यहरू गरेको भन्दै हालै मात्र अमेरिकामा शो फेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ ।

यो पनि…
सलमान खानलाई मन्त्री आलेले के भने ?

किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested