English

सलमान खानलाई हेर्न २५ हजारसम्म लाग्ने



भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । ‘दशंग टुर’ मार्फत उनी नेपाल आउन थालेका हुन् । त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन् ।

दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । त्यसका लागि अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ । जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काटेका छन् । उनले पाँच हजार रूपैयाँको टिकट काटेका हुन् ।

उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रूपैयाँ टिकट तोकिएको छ ।

उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए । कोरोना महामारीका कारण स्थगित भएको थियो ।

सलमानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन् । उनको भ्रमणमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सहभागी हुँदै आएकी छिन् ।

नेपालमा आयोजित कार्यक्रममा पनि दर्जन बढी भारतीय कलाकारको टिम आउने आयोजक ओडिटीले जनाएको छ ।

यो पनि…
सलमान खानलाई मन्त्री आलेले के भने ?

किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
यसकारण हटाए प्रकाशले ‘पिर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested