English

यसकारण हटाए प्रकाशले ‘पिर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य



चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपूतले ‘पिर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका हुन् ।

गायक सपूतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रूपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन् । गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दै उनले ‘पिर’ले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताएका छन् ।

‘तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ’, सपूतले भनेका छन् ।

‘पिर’मा प्रतीकात्मकरूपमा राखिएको दृश्य र पात्रले चित्रण गरेको विषयले सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नाका साथै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदिएको भन्दै गायक सपूतले आत्मालोचनासमेत गरेका छन् ।

चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपूतले ‘पिर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् ।

‘जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने, नियोजितरूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषय विषयान्तर भइरहने जस्तो भयो’, उनले भनेका छन्, ‘त्यसैले कुनै दबाब/प्रभावले नभएर प्राप्त प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकको सुझाव, लेखक, पत्रकार, समीक्षकको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन् गर्दै त्यो दृश्य सम्पादन गरेर नयाँ भिडियो ‘रि–अपलोड’ गरिएको छ ।’

‘पिर’ प्रकरणबाट सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको उनको भनाइ छ । यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? भन्ने बहस हुन जरुरी रहेको उनको मत छ ।

कसैको आत्मसम्मान र सर्जकको इमान्दारितालाई मनन् गर्दै आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै गायक सपूतले नयाँ गीतका सन्दर्भमा थप राजनीतिकरण र अतिरञ्जित नगर्न अनुरोध गरेका छन् ।


यो पनि…
‘पिर’को अर्को पक्ष : चरित्रलाई सुरक्षाको न्याय

राजनीतिक दललाई पिरोलेका यी गीतहरू
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested