English

सेक्सको चाहना कम हुनुका यस्तो छ कारण



परिवर्तन जिवनको नियम हो र यसलाई टार्न सकिँदैन । यौन इच्छा र बढ्दो उमेरसँगै यौन कार्यमा पनि यही कुरा लागू हुन्छ । बढ्दो उमेरसँगै यौन इच्छा र यौन कार्यमा परिवर्तन आउँछ ।

महिलामा सेक्सको चाहना कम हुनुका कारण

शारीरिक वा मानसिक कारण

उमेर बढ्दै जाँदा महिलामा ‘एस्ट्रोजेन’ नामक सेक्स हर्माेन कम हुँदै जान्छ । जसका कारण उनीहरूमा सेक्स चाहना कम हुँदै जान्छ । साथै, योनी सुक्खा हुँदै जान्छ यसले यौनसम्पर्क गर्दा धेरै पीडा हुन्छ ।

रोग र औषधि

बढ्दो उमेरसँगै रक्तचाप, मानसिक चाप, निद्रा नलाग्ने जस्ता धेरै प्रकारका रोगहरूको सामना गर्नुपर्छ । यी सबैबाट बच्न विभिन्न औषधिको सेवन गर्नुपर्छ । यी औषधिले यौन जिवनमा असर गर्छ ।

लुक्स

उमेरसँगै लुक्समा पनि धेरै परिवर्तन आउँछ । यसले यौन जीवनमा असर गर्छ । शारीरिक आकर्षणको कमीले पनि महिलामा सेक्सको चाहना कम हुन्छ ।

पुरुषमा यौन इच्छा कम हुनुका कारण

हर्माेनल परिवर्तन

उमेर बढ्दै जाँदा पुरुषमा पनि हर्माेनल परिवर्तन हुन्छ, जसमा पुरुष यौन इच्छाका लागि आवश्यक हुने सेक्स हर्माेन, एन्डोजन, टेस्टोस्टेरोनमा कमी आँउछ । यसकारण उनीहरूमा सेक्सको चाहना कम हुन्छ ।

सन्तान हुनु

सन्तान भएपछि पत्नीले अधिकांश ध्यान सन्तानलाई दिन थाल्छन् र श्रीमान्सँगको सम्बन्ध कम हुँदै जान्छ ।

पार्टनरको सहयोगमा कमी

उमेर बढ्दै जाँदा महिलामा सेक्सको चाहना घट्दै जान्छ, जसका कारण उनीहरू आफ्नो पार्टनरलाई खासै ध्यान दिन सक्दैनन् । यसकारण पनि पुरुषमा सेक्सको चाहना कम हुँदै जान्छ ।

मानसिक दबाब

पुरुषहरूले प्रायः धेरै प्रकारका काम, बच्चा, घर आदिको दबाब र जिम्मेवारी आफैँमा लिने गर्छन् ।जसले गर्दा उनीहरुमा यौन चाहना कम हुँदै जान्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

Latest










Popular
Suggested