English

मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी



पाटनस्थित मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

आइतबार नै नियुक्ति पत्र बुझेको डा. अधिकारी मेरोलाइफस्टाइललाई जानकारी दिए । यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठले सेवाबाट अनिवार्य अवकास लिएसँगै उनलाई यो जिम्मेवारी दिइएको हो ।

आज (सोमबार)बाट निर्देशकको जिम्मेवारी सम्हालेका डा. अधिकारीले अस्पतालको सेवा सुविधालाई स्तरोन्नति गर्दै बेड संख्या थप्ने र एकेडेमिक सेवालाई बिस्तार गर्नतर्फ केन्द्रित हुने बताए । ‘अहिले मानसिक अस्पतालमा ५० बेड मात्रै छ यसले बिरामीको चापलाई धान्न सकेको छैन,’ प्रमुख कन्सलट्यान्ट साइक्याट्रिक्स (एघारौं तह)का चिकित्सकसमेत रहेका डा. अधिकारीले भने, ‘अब बेड संख्या थपेर बिरामीलाई विशिष्टिकृत सेवा प्रदान गर्नतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।’

यसका साथै, मानसिक स्वास्थ्यको क्षेत्रमा अस्पताल, विभाग र सरकारले गर्नुपर्ने काम धेरै रहेको डा. अधिकारी बताउँछन् । ‘हामीले मानसिक स्वास्थ्यका क्षेत्रमा गर्नुपर्ने थुप्रै काम छन्,’ उनले भने– ‘कुनै अस्पतालले, कुनै राज्यले र कुनै स्वास्थ्य सेवा विभागले गर्नुपर्नेछ । यसका लागि सबैसँग समन्वय गरेर काम गर्नेछु ।’

डा. अधिकारीले साइक्याट्रिक नर्सिङको पढाइलाई शुरुवात गर्ने योजना पनि सुनाए । ‘हामीले साइक्याट्रिक एमडीको पढाइ शुरु गरिसकेका छौं,’ उनले भने,–‘अब साइक्याट्रिक नर्सिङको अध्ययन पनि शुरु गर्ने मेरो योजना छ ।’



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested