English

काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा



राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ ।

त्यस्तै देशका हिसावले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ ।

दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । विश्वका १०० प्रदूषित शहरहरूमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै देशका हिसाबले बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाँद र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ ।

आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका शहरहरूमध्ये केबल ३ दशमलब ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए ।

११७ देशका ६ हजार ४७५ शहरहरूको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।

कम्तिमा ९३ शहरहरूको पीएम २ दशमलब ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । तर केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । ‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन् ।

‘चीनले केही धेरै ठूला संख्याहरूबाट सुरु गरेको थियो । समयसँगै उनीहरुले निरन्तर घटाउँदै गएका छन् । तर संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।

विश्वका दश प्रदूषित देश
१.बंगलादेश
२.चाँद
३.पाकिस्तान
४.ताजकिस्तान
५.भारत
६.ओमन
७.क्रिगिजिस्तान
८.बहराइन
९.इराक
१०.नेपाल
यो पनि…
दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

जहाँ छन् काठ र सिसाले बनेका घरहरु (फोटो फिचर)
विश्व सम्पदा स्थल : कंक्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

Latest










Popular
Suggested