English

युक्रेनको मारिओपलमा १ लाख मानिस बिचल्लीमा



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहरमा करिब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् ।

‘आजसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरूलाई खाना, पानी र औषधि छैन । त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ’, राष्ट्रपतिले भने ।

त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए ।

एउटा मानवीय कोरिडोर रूसले नियन्त्रणमा लिएको जानाकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरूका बस चालकलाई रूसी सेनाले बन्धक पारेको आरोप लगाए ।

जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार शहरबाट उद्धार गरिएको छ ।

यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न गरेकोसमेत जानाकारी दिएका छन् ।
यो पनि…
रूस–युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला घटना

यी हुन् पुटिनका माग
रूस–युक्रेन द्वन्द्व : वार्ता विफल भए के हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested