English

रूस–युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला घटना



रूस–युक्रेन द्वन्द्व जारी छ । दुई देशबीच युद्ध सुरु भएको एक महिना पुग्न लागिसकेको छ । युद्धका कारण युक्रेन नराम्रोसँग प्रभावित बनेको छ भने रूसमा दैनिक उपभोग्य वस्तुमा महंगी चुलिएको छ । रूसले विभिन्न देशको प्रतिबन्धको सामना गरिरहेको छ । रूसले युक्रेनका भौतिक संरचनाहरू ध्वस्त बनाएको छ ।

सर्वसाधारण समेत रूसको निशानामा परेका छन् । युक्रेनीहरू ज्यान जोगाउन देश छोडेर छिमेकी मुलुकहरू पोल्याण्ड, जर्मनसम्म पुगेका छन् । दुई देशबीच तीन चरणमा वार्ता भएपनि समस्या समाधान भने हुन सकेको छैन । हामीले बीबीसीको सहयोगमा रूस–युक्रेन द्न्द्वका पछिल्ला घटना प्रस्तुत गरेका छौं :

–युक्रेनको जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा रूसी हमलालाई लिएर अमेरिका, ब्रिटेन तथा क्यानडाका नेताहरूले रूसको चर्को निन्दा गरेका छन् ।

–परमाणु केन्द्रस्थित एक भवनमा आगलागी भएपनि कुनै विकिरण नफैलिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले बताएको छ ।

–युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको छ ।

–रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चान्सलर ओलाफ स्कोल्जबीच एक घण्टा फोनवार्ता भएको छ । चान्सलरले ओलाफ स्कोल्जले तत्काल युद्ध रोक्न आह्वान गरेका छन् ।

–मानवीय सङ्कट गहिरिँदै गर्दा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न अपील गरेका छन् ।

–युक्रेनमा गरेको अतिक्रमणको सशक्त प्रतिरक्षा गर्दै रूसी राष्ट्रपति पुटिनले योजना अनुसार नै अगाडि बढिरहेको बताएका छन् ।

–रणनीतिक महत्त्वको युक्रेनी बन्दरगाह शहर मारिउपोलका अधिकारीहरूले रुसी फौजको भीषण गोलाबारीका कारण ऊर्जा र पानीको आपूर्ति रोकिएको बताएका छन् ।

–युक्रेनको दक्षिणी शहर एनर्गडारका मेयरले रूसी फौजको गोलाबारीपछि जापोरिज्या परमाणु ऊर्जा केन्द्रनजिक आगो लागिरहेको बताएका छन् ।

विश्व बैंकका प्रमुख डेभिड आर मालपासले युक्रेनमा जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महंगी बढाउने बीबीसीलाई बताएका छन् ।

–युक्रेनी शरणार्थीलाई तीन वर्षसम्मका लागि विशेष अस्थायी सुविधा दिने विषयमा युरोपेली सङ्घमा आबद्ध देशका आन्तरिक मामिलामन्त्रीहरू सहमत भएका छन् ।

–रूसी अतिक्रमण सुरु भएयता १० लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यो पनि….
यी हुन् पुटिनका माग

रूस–युक्रेन द्वन्द्व : वार्ता विफल भए के हुन्छ ?
महाभारत : द्रौपदीको सन्देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested