English

पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दर्ता, १२ देखि १४ वर्ष कैद सजाय माग



नाबालिका बलात्कारकाे आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । 

नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् ।  

अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । उनलाई भने पललाई मागदाबी गरेकाे सजायको आधा कैद सजाय माग गरेकाे उनले बताए । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । 

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हिजो नै मुद्दा दर्ता गराउने तयारी थियो । तर, समय अभावका कारण दर्ता हुन सकेको थिएन् । पलविरुद्ध तीनपटक म्याद थप गरेर अनुसन्धान गरिएको थियो । 

यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनीविरुद्ध बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै अभियोगपत्र दायर गरिएको थियो । गत ३ चैतमा जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको थियो । 

नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको थियो । 

शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पलविरुद्ध समिक्षाका बाबुले गैंडाकोटमा दिए अर्को जाहेरी

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested