English

उत्तर कोरियामा किन गर्नुपर्छ रुने प्राक्टिस ?



संसारमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई नचिन्ने मानिस सायदै होलान् । उनी अधिकांश समय आफ्ना कामका कारण चर्चामा रहन्छन् । उत्तर कोरियालाई एक गुप्त देश पनि मानिन्छ । किनभने त्यहाँको कुरा संसारमा कमै मात्र पुग्छ ।

किम जोंग उन

यसको कारण हो, किमको तानाशाही शासन । उत्तर कोरियामा शासकको मृत्युपछि उसका लागि रुने परम्परा छ । यदि कसैले यो परम्परा पूरा नगरेमा किम परिवारले उक्त परिवारलाई सजाय दिन्छ ।

किम २०११ मा आफ्ना पिता किम जोङ इलको निधनपछि उत्तर कोरियाको सर्वोच्च नेता बनेका हुन् । उनका हजुरबाबा किम इल सुङ उत्तर कोरियाका संस्थापक र पहिलो नेता थिए । जसको मृत्यु १९९४ मा भएको थियो । त्यसपछि किम जोङ उनका पिता किम जोङ इल सुङले सत्ता सम्हाले । भनिन्छ, उत्तर कोरियाको हरेक घरमा किम जोङ उनका पिता र हजुरबुबाको तस्वीर लगाउनु पर्ने नियम बनाइएको छ ।

किम जोंग उन

किम जोङ इलको मृत्युपछि प्रजालाई शोक सभामा खुलेर रुन लगाइयो । आम मानिस छाती पिटेर चिच्याउँदै रोएका थिए । जो उक्त शोक सभामा रुन सकेनन्, उनीहरु भोलिपल्ट गायब भए ।

किम जोंग उन

यो कुराले मिडियामा धेरै चर्चा पायो । डेली मेलको रिपोर्टका अनुसार, शासकको मृत्युपछि नयाँ राजा किम जोङ उनले पिताको लागि धेरै शोकसभा राखेका थिए । यो शोकसभामा जनतालाई त्यहाँ गएर रोएर पुरानो राजालाई धेरै माया गर्ने जस्तो साबित गर्नुपर्ने थियो । यो किमको परिवारका लागि बफादारीको प्रमाण थियो । यो शोकसभा १० दिनसम्म चल्यो । जसमा युवा, बच्चा, वृद्धवृद्धा, सबैलाई रुनुपर्ने थियो । त्यो शोकसभामा को रोएन भनेर पनि नोट गरिएको थियो । जो खरो उत्रिएनन् उनीहरुलाई कारवाही गरियो ।

किम जोंग उन

१० दिनको शोकसभापछि क्रिटिसिज्म सेशन भयो । जसमा किम स्वयं उपस्थित थिए । उनले शोकसभामा राम्रोसँग नरुनेलाई ६ महिनाको कडा कैद सजाय तोके ।

किम जोंग उन
kim



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested