English

उत्तर कोरियामा किन गर्नुपर्छ रुने प्राक्टिस ?



संसारमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई नचिन्ने मानिस सायदै होलान् । उनी अधिकांश समय आफ्ना कामका कारण चर्चामा रहन्छन् । उत्तर कोरियालाई एक गुप्त देश पनि मानिन्छ । किनभने त्यहाँको कुरा संसारमा कमै मात्र पुग्छ ।

किम जोंग उन

यसको कारण हो, किमको तानाशाही शासन । उत्तर कोरियामा शासकको मृत्युपछि उसका लागि रुने परम्परा छ । यदि कसैले यो परम्परा पूरा नगरेमा किम परिवारले उक्त परिवारलाई सजाय दिन्छ ।

किम २०११ मा आफ्ना पिता किम जोङ इलको निधनपछि उत्तर कोरियाको सर्वोच्च नेता बनेका हुन् । उनका हजुरबाबा किम इल सुङ उत्तर कोरियाका संस्थापक र पहिलो नेता थिए । जसको मृत्यु १९९४ मा भएको थियो । त्यसपछि किम जोङ उनका पिता किम जोङ इल सुङले सत्ता सम्हाले । भनिन्छ, उत्तर कोरियाको हरेक घरमा किम जोङ उनका पिता र हजुरबुबाको तस्वीर लगाउनु पर्ने नियम बनाइएको छ ।

किम जोंग उन

किम जोङ इलको मृत्युपछि प्रजालाई शोक सभामा खुलेर रुन लगाइयो । आम मानिस छाती पिटेर चिच्याउँदै रोएका थिए । जो उक्त शोक सभामा रुन सकेनन्, उनीहरु भोलिपल्ट गायब भए ।

किम जोंग उन

यो कुराले मिडियामा धेरै चर्चा पायो । डेली मेलको रिपोर्टका अनुसार, शासकको मृत्युपछि नयाँ राजा किम जोङ उनले पिताको लागि धेरै शोकसभा राखेका थिए । यो शोकसभामा जनतालाई त्यहाँ गएर रोएर पुरानो राजालाई धेरै माया गर्ने जस्तो साबित गर्नुपर्ने थियो । यो किमको परिवारका लागि बफादारीको प्रमाण थियो । यो शोकसभा १० दिनसम्म चल्यो । जसमा युवा, बच्चा, वृद्धवृद्धा, सबैलाई रुनुपर्ने थियो । त्यो शोकसभामा को रोएन भनेर पनि नोट गरिएको थियो । जो खरो उत्रिएनन् उनीहरुलाई कारवाही गरियो ।

किम जोंग उन

१० दिनको शोकसभापछि क्रिटिसिज्म सेशन भयो । जसमा किम स्वयं उपस्थित थिए । उनले शोकसभामा राम्रोसँग नरुनेलाई ६ महिनाको कडा कैद सजाय तोके ।

किम जोंग उन
kim



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,