English

कांग्रेसका नेताहरू चुनावी अभियानमा व्यस्त, को कहाँ खटिए ?



नेपाली कांग्रेसका धेरैजसो केन्द्रीय सदस्यहरू अहिले निर्वाचनलक्षित प्रचार अभियानमा जिल्ला जिल्लामा व्यस्त छन् । औपचारिक अभियान आइतबारदेखि सुरु भए पनि त्यसको तयारीको लागि चार/पाँच दिन अघि नै धेरैजसो नेताहरू जिल्ला पुगेका थिए । पार्टीले खटाएअनुसार नै उनीहरू चुनावी प्रचारमा होमिएका हुन् ।

केही केन्द्रीय सदस्यले आफ्नै निर्वाचन क्षेत्र वा आफ्नै गृहजिल्लामा समेत पुगेर गाउँ, घर र टोलमा कार्यकर्ता र स्थानीय भेट्ने अवसर प्राप्त गरेका छन् । कांग्रेसले अहिले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य र पार्टी पदाधिकारीलाई भने प्रचार अभियानमा सहभागी हुन अनिवार्य गरेको छैन । त्यस्तै केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले पनि अन्य नेतालाई प्रतिनिधिको रूपमा पठाएका छन् ।

चुनावी प्रचार अभियानको सुरुवाती चरणमा नेतृहरूको सक्रियता पनि राम्रै देखिएको छ । सरिता प्रसाईं इलाम, सीता गुरुङ संखुवासभा, सुशीला शर्मा ढकाल भोजपुर, कल्पना चौधरी खोटाङ, माया राई सोलुखुम्बु, सरस्वती बजीमया ओखलढुंगा, मञ्जु खाँड धनुषा र नगिना यादव सर्लाहीमा पुगेर चुनाव लक्षित विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

यस्तै जावेदा खातुन बारा, मुक्ताकुमारी यादव सिन्धुली, उर्मिला केसी काभ्रेपलाञ्चोक, गंगालक्ष्मी अवाल सिन्धुपाल्चोक, रमा कोइराला पौडेल रसुवा, अम्बिका बस्नेत ललितपुर, नानु बास्तोला गोरखा, अन्जली श्रेष्ठ लमजुङ, प्रतिमा गौतम पर्वत र चम्पादेवी खड्का म्याग्दी पुगेर चुनावलक्षित कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।

यस्तै सरस्वती अर्याल तिवारी पाल्पा, शान्ति परियार अर्घाखाँची, रूपा बिक रुकुमपूर्व, सुशीला थिङ रुकुम पश्चिम, जानकी सिंह दैलेख, सीताकुमारी राना अछाम र ईश्वरी न्यौपानेले डडेलधुराका विभिन्न स्थानीय तहमा पुगेर अभियानको थालनी गरेका छन् ।

नेतृ न्यौपाने औपचारिक रूपमा अभियान प्रारम्भ हुनुभन्दा तीन/चार दिनअघि नै डडेलधुरा पुगेकी थिइन् । उनले एक महिनाको अवधिमा जिल्लाका ७ वटै स्थानीय तहका ५२ वटै वडामा औपचारिक, अनौपचारिक कार्याक्रम गर्ने गरी तयारी गरेकी छन् ।

कांग्रेसले गरेका राम्रा काम र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारेको भ्रम र यथार्थ प्रष्ट पारिदिन कार्यकर्ताले आग्रह गरेका उनले बताइन् । पार्टी पदाधिकारी र पार्टीको तर्फबाट प्रतिनिधिसभा महिला सदस्य पनि अनुकूल समयमा प्रचार प्रसारमा पुग्ने योजनामा छन् ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पर्सी २ चैत बुधबार बस्ने प्रतिनिधिसभा बैठकपछि जिल्लाका कार्यक्रममा सहभागी हुने बताइन् । ‘कुन जिल्ला र स्थानीय तहको कार्यक्रममा सहभागी हुने भन्ने अहिले नै तालिका बनाइसकेको छैन । तर पर्सी बुधबारको संसद बैठकपछि म पनि अभियानमा सहभागी हुनेछु,’ भुसालले भनिन् ।

यस्तै पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य चित्रलेखा यादव पनि केही दिनपछि अभियानमा खटिने तयारीमा छिन् । अहिले प्रतिकूल स्वाथ्य अवस्थाको कारण आराम गरीरहेकी यादव अभियानमा खटिएर सफल पार्ने योजनामा छिन् । अभियानमा खटिएका नेताले आगामी स्थानीय तहको निर्वाचनलाई लिएर नेता कार्यकर्तामा उत्साह भेटिएको बताएका छन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराको साथ सोमबारदेखि अभियान सुरु भएको हो । अभियानको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ ।

यो पनि…
‘पिर’को अर्को पक्ष : चरित्रलाई सुरक्षाको न्याय
जसपाले बनायो पार्टी हेडक्वार्टर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested