English

अमेरिकी राष्ट्रपति बाइडेनको कुकुरबाट हैरान भए कर्मचारी !



अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुकुर अत्याधिक मन पर्दछ । तर उनका कुकुर कर्मचारीका लागि भने समस्या भएको छ । यी कुकुरले मौका पाउने बित्तिकै ह्वाइट हाउसमा काम गरिरहेका कर्मचारीलाई आक्रमण गर्न थालेको बताइएको छ । हालै मात्र उनको कुकुर मेजरले नेशनल पार्क सर्भिसका कर्मचारीलाई टोकेको हो ।

त्यति मात्रै होइन, ह्वाइट हाउसको नजिक रहेको साउथ लनमा काम गर्ने कर्मचारीलाई पनि टोकेको हो । त्यसपछि घाइते कर्मचारीलाई अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सुधारोन्मुख छ ।

यसको बारेमा जिल बाइडेनकी प्रेस सचिव मिशेल ला रोसाले बयान जारी गरेकी थिइन् । बाइडेनको डग जेनर वाक गर्नका लागि बाहिर निस्किँदा टोकेको बताइएको छ । बाइडेनसँग दुई जर्मन शेफर्ड मेजर र च्याम्प छन् ।

उनले २००८ को चुनावपछि पहिलो कुकुर च्याम्पलाई घर लगेका थिए भने दोश्रो २०१८ मा किनेका थिए । २०२० मा यहि कुकुरका कारण उनको खुट्टा मर्किएको थियो ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested