English

के हो सेक्स एडिक्सन ?



कुनै पनि चिजको लत लाग्नु एक किसिमको मानसिक विकृति हो । यसैगरी, बार-बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्नेबित्तिकै उत्‍तेजित हुनु, पनि मानसिक समस्या हो । अध्ययनका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन उसले आफैँलाई नोक्सानी गरिरहेको हुन्छ ।

मनोवैज्ञानिकहरू यस विकृतिलाई एक मानसिक दशाको रूपमा परिभाषित गर्ने गर्छन् । उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौनको बारेमा सोचिरहन्छ भने त्यसलाई यौनको लत या ‘सेक्स एडिक्सन’ मान्ने गरिन्छ ।

यौन लतको लक्षणहरू

बारम्बार यौन भिडियो हेर्ने इच्छा हुनु

यौन लतको मुख्य लक्षण भनेको नै बारम्बार यौनजन्य भिडियो हेर्ने कोसिस गर्नु हो । सधैँ यौनको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सामाजिक सञ्जालका सामग्रीहरूमा समेत यौनकै कुरा खेलाउनु पनि यौन लतको कारण हो ।

यौन सम्पर्क राख्ने इच्छा भइरहनु

यौन लत लागेका मान्छे जोकोहीसँग पनि यौन सम्पर्क राख्ने इच्छा व्यक्त गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो पार्टनरलाई केवल एक यौनजन्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।

एक्लोपना

यस्ता मान्छेहरू एक्लोपनाको शिकार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौनको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन् ।

हस्‍तमैथुन

हुन त यो प्राकृतिक प्रक्रिया हो । तर, यदि कुनै व्यक्तिलाई बारम्बार हस्तमैथुन गर्ने इच्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौन लत लागिसकेको छ ।

डिप्रेसन, चिन्ता र मदिराको लत

यदि तपाईं यौन सम्बन्धको शुरुवाती समयमा हुनुहुन्छ भने यस कार्यले सायदै तपाईंलाई भित्रैदेखि खुसी महसुस गराउने गर्छ । यस्तो मान्छे मनमनै आफूलाई खाली या दोषी महसुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डिप्रेसन, बेचैनी या चिन्ताको शिकार हुने गर्छन् ।

यौनको लतबाट बच्ने तरिका

यस मामलामा मनोचिकित्‍सकको मद्दत लिन सकिन्छ । यसका अलावा एन्टी-एन्ड्रोजेनिक औषधिहरूले समेत शरीरमा पुरुष हार्मोनको स्तरलाई कम गरेर यौनको इच्‍छालाई कम गर्न मद्दत गर्ने गर्छ ।

यसका साथै साथीहरूको संगतमा लाग्नु र घुमफिर गरे यौनको लतबाट केही कम बच्न सकिन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested