English

बायोपिक गर्न किन चाहँदैनन् रणवीर ?



भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘८३’ ले राम्रो व्यपार गर्न सकेन । हिन्दीसँगै तामिल, तेलुगुलगायतका भाषामा रिलिज भएको फिल्मले दर्शकको साथ पाएन । कबिर खानले निर्देशन गरेको फिल्ममा सन् १९८३ का भारतीय क्रिकेट टिमले जितेको विश्वकपको इभेन्टमा आधारित रहेर बनेको छ ।

भारतीय क्रिकेट टिमलाई कप्तान कपिल देवले विश्वकप जिताएका थिए । फिल्ममा रणवीरले कपिल देवको भूमिका निभाएका छन् भने दीपिकाले कपिल देवकी पत्नी रोमी भाटियाको भूमिका निभाएकी छिन् ।

पंकज त्रिपाठी फिल्ममा भारतीय त्रिकेट टिमका कोचको भूमिकामा देखिएका छन् । यीबाहेक फिल्ममा ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशान्त दहिया, साहिल खट्टर, अम्मी विर्क, अदिनाथ कोठारे, धैर्य करवा आर बद्रीलगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले राम्रो कमाइ नगरेपछि रणवीरले बायोपिक फिल्ममा काम नगर्ने सोच बनाएका छन् । उनलाई अफर भएको मेघना गुल्जारको एक बायोपिकसमेत उनले नकारेका छन् । यसबाहेक उनले अन्य बायोपिकको कथा सुन्नसमेत नचाहेको खबर भारतीय मिडियामा छ । रणवीरका एक नजिकका सदस्यले यसलाई प्रस्ट्याउँदै अब उनले बायोपिक फिल्म नगर्ने मनसाय बनाएको जनाए ।

‘रणवीरलाई पहिलोपटक कपिल देव लुक्समा देखाउँदा निकै चर्चा भयो । यद्यपि, फिल्म हलमा आउँदा त्यसको कमाल देखिएन । फिल्मलाई क्रिटिक्सले राम्रो भने तर दर्शक आएनन् । त्यसैले रणवीर निराश छन,’ ती सदस्यले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् ।

यो पनि…
पल शाह प्रकरण : पक्ष/विपक्षमा विभाजित सिने क्षेत्र
आलिया भट्टले भनिन्– प्रेम लुकाउनु पर्ने कारण छैन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested