English

दुनाटपरीबाट आत्मनिर्भर बन्दै महिला



मध्यनेपाल नगरपालिकाका महिलाले परम्परागत दुनाटपरीको व्यवसायिक उत्पादन सुरु गरेका छन् । नगरपालिकाको सहयोगमा आधुनिक मेशिनबाट परम्परागत दुनाटपरी बनाउने तलिम पाएसँगै व्यवसायिक उत्पादन सुरु भएको हो ।

मध्यनेपाल-९ बाँग्रेस्थित भरिखलक आमा समूहमा आबद्ध महिलाले आधुनिक मेशिनबाट दुनाटपरी बनाउन थालेका हुन् । नगरपालिकाले दुनाटपरी बनाउने मेशिनसमेत खरिद गरिदिएपछि समूहमा आबद्ध महिलाले शनिबारदेखि औचारिक रूपमा व्यवसायिक दुनाटपरी उत्पादन थालेका हुन् ।

ग्रामिण भेगमा रहेका महिलालाई व्यवसायिक र आत्मनिर्भर बनाउने उदेश्यसहित नगरपालिकाले तालिम र मेशिन खरिद गरी सहयोग गरेको हो । प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोगले पातको दुनाटपरी हराउँदै गएको बेला मौलिकता जोगाउन र परम्परागत सीपलाई उपयोग गरी स्थानीय महिलालाई व्यवसायिक बनाउन दुनाटपरी बनाउने तालिम दिएको नगरपालिका प्रमुम रमेशकुमार पाण्डेले बताए ।

मध्यनेपाल नगरपालिकाले यसअघि पनि वडा नम्बर ४ दुईपिप्लेअन्तर्गतका महिलालाई तालिम दिएको थियो । त्यहाँका महिलाले पनि यसअघिनै व्यवसायिक दुनाटपरी उत्पादन गर्दै आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested