English

घर बनाउँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी कुरा !



अधिकांश मानिसले घर जीवनमा पहिलोपटक नै बनाएका हुन्छन् । जसले गर्दा घर बनाउँदा हरेकले धेरै गल्ती गर्ने गर्छन् । कहाँ–कहाँ गल्ती भयो भन्ने कुरा घर बनाइसक्दा मात्र थाहा हुन्छ ।

त्यसैले, आज हामी तपाईंलाई घर बनाउँदा आममानिसले गर्ने केही गल्तीहरू र त्यसलाई निराकरण गर्ने प्रयासबारे जानकारी दिँदै छौँ । गल्ती नगर्ने गरी आफुलाई तयार राखे मात्र पनि तपाईंले निकै पैसा बचाउन सक्नुहुन्छ ।

१. राम्रो परामर्शदाता नछान्नु

घर बनाउन सुरू गर्नुअघि नक्सा डिजाइनको काम गर्नुपर्ने हुन्छ । कन्सल्टिङ कम्पनीहरूले नक्सा डिजाइनको काम गर्छन् । घर बनाउँदा नक्सा डिजाइन र सही कन्सल्टिङ अत्यन्तै महत्वपूर्ण हुन्छ । घर बनाउँदा हुने सबैभन्दा ठूलो गल्तीमा राम्रो कन्सल्टिङ नहुनु हो ।

खासगरी, नक्सा डिजाइनको काममा निकै हतार गर्ने बानी हुन्छ । डिजाइनरले पाँच दिनमै डिजाइन तयार गरिहाल्छन् भन्ने बुझाइ हुन्छ । तर, एउटा घर बनाउन एक वर्ष लाग्छ भने डिजाइनको काम गर्न राम्रो कस्टलटेन्सीले ३५ देखि ४० दिनसम्म लगाउँछन् ।

२. नक्सा पास नहुँदै घर बनाउने हतार

वर्षभरिको कमाइबाट जीवनमा एकपटक बनाइने घरमा मानिसहरू निकै हतार गर्छन् । कतिपयले नगरपालिकामा नक्सा पास हुँदै गर्छ, यता घर निर्माण सुरू गरिहालौँ भनेर निर्माण थालनी गर्छन् । त्यसो गर्नु गल्ती हुने तण्डुकारको सुझाव छ ।

कहीलेकाहीँ नक्सा पास नहुँदै घर निर्माण थालनी गर्दा समस्या आउन सक्छ । तपाईंले जग खनेर पिलर हालिसक्नु भएको हुन सक्छ, उता नगरपालिकाले तपाईंले पेस गरेको नक्सा नमिलेको भन्दै परिवर्तन गर्न भन्न सक्छ ।

३. सरकारी मापदण्ड र कानुनको बेवास्ता

सबै मापदण्ड पूरा भए, आवश्यक सबै कागजातहरू पेस भए घर निर्माण समयमै र सजिलै हुन्छ । सरकारी स्तरबाट अनुमति र स्वीकृति लिने काम वास्तवमै झन्झटिलो हुने गर्छ । यो काममा समय र पैसा दुवै खर्च हुन्छ । तर, सबै मापदण्ड पूरा नगरी र सरकारी निकायबाट अनुमति नलिई घर निर्माणमा जुट्दा नक्सा पास नहुने र भवन निर्माण सम्पन्नको प्रमाण पत्र पनि नपाइने समस्या हुन सक्छ । निर्माण सम्पन्नको प्रमाणपत्र नभए सवैतिर कानुनी अड्चन सुरू हुन्छ ।

४. घरको थ्रिडी डिजाइन नखोज्नु

धेरैले नक्साको डिजाइन गरेपछि थ्रिडी फोटो वा भिडियो खोज्दैनन् । तपाईंले आफ्नो घर बाहिरबाट हेर्दा कस्तो बन्दैछ भनेर पहिल्यै थाहा पाउनु राम्रो हुन्छ । यदि, डिजाइनरले थ्रिडी फोटो दिन्न भन्यो भने दुई पैसा बढी तिरेर भए पनि लिनुपर्छ ।

तर, धेरै ग्राहकले पैसा खर्च हुने लोभमा थ्रिडी बनाउन नखोज्ने उनको अनुभव छ । यदि, डिजाइन नै राम्रो छैन भने जतिसुकै राम्रो ठेकेदार वा निर्माण सामग्री प्रयोग गरे पनि घर राम्रो बन्दैन । घरको जस्तो डिजाइन तयार हुन्छ त्यस्तै घर बन्ने हो । त्यसैले, घरको डिजाइनमा पर्याप्त समय र मेहेनत लगाउनुपर्छ ।

५. इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन नगर्नु

सबैले घरको स्ट्रक्चर डिजाइनमा धेरै मेहेनत गर्छन् । घरमा इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गर्न छुटाइरहेको हुन्छन । सम्बन्धित क्षेत्रको दक्ष इन्जिनियरहरूबाट इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गरेपछि घरमा विद्युत् चुहावट भएर हुने आगलागीदेखि पानी चुहिने समस्यासम्म कम हुन्छन् ।

राम्रोसँग डिजाइन गरेर वायरिङ र प्लम्बिङ गरे सजिलै प्वाइन्ट पत्ता लगाउन सकिन्छ र, मर्मत सम्भारका लागि पनि समस्या हुँदैन ।

६. ठेकेदार छनोटमा ध्यान नदिनु

तपार्इंले बनाएको घरको सुन्दर डिजाइनलाई मूर्तता दिने कन्स्ट्रक्सन (ठेकदार) कम्पनीले हो । घर निर्माण शुरू गरेदेखि नसकिँदासम्म कुनै पनि ठेकेदारसँग महिनौँसम्म काम गर्नुपर्ने हुन्छ । आफ्नो सपनाको घरलाई साकार रूप दिनका लागि अनुभवी कन्ट्रयाक्टर छनोट गर्नुपर्ने हुन्छ ।

कम रकममै ठेक्कामा काम गर्ने मान्छे होइन कि राम्रो काम गर्ने अनुभवी कन्ट्रयाक्टर छनोट गरेर घर निर्माणको जिम्मा लगाउनुपर्छ ।

७. निरीक्षणका लागि प्राविधिक नराख्नु

तपाईंले आँखाले हेरेर पिल्लर सीधा छ कि छैन, वाल सिधा छ कि छैन भनेर त हेर्न सक्नुहोला । तर, डन्डी काट्ने र बाँध्ने, सिमेन्ट, बालुवा र गिट्टीको घोल बनाउने, पिल्लर र बिम बाँध्नेलगायत प्राविधिक काम थाहा हुँदैन ।

ठेकदार कम्पनीले राम्रोसँग काम गरिरहेको छ कि छैन भनेर निरिक्षण गर्न विश्वसनीय र अनुभवी प्राविधिक राख्नुपर्ने हुन्छ, जुन कुरा अधिकांश घर निर्माताले छुटाएका हुन्छन् ।

८. डोकोबाट ढलान गर्नु

धेरैजसो ठेकेदार कम्पनीले घर ढलान गर्दा डोकोबाट ढलान गर्छ । ‘डोको त कुनै ठूलो हुन्छ कुनै सानो हुन्छ, ढलान गर्दा ब्यालेन्स मिल्दैन । बक्सबाट ढलान गर्दा क्वालिटी मेन्टेन गर्न सकिन्छ ।
तर, हामीले यस्ता कुरामा त्यति ध्यान नदिए ठेकेदार कम्पनीले पनि आफूलाई जे सहज हुन्छ त्यही तरिकारले काम गरिदिन्छन् ।

९. सामग्री खरिदको जिम्मा ठेकदारलाई छाडिदिनु

घर निर्माण प्रक्रियामा सबै कुराको जिम्मा र निर्णय लिने कामठेकेदारलाई छोडेर निष्क्रिय बस्नु राम्रो हैन । निर्माणको कामको हरेक चरणमा आफू प्रत्यक्ष सहभागी हुनुपर्छ ।

तपाईं चनाखो हुनुभयो भने कसैले पैसाको दुरूपयोग गर्न र सामग्रीको गुणस्तरमा प्रश्न खडा रहँदैन । यस्तै, घरको भित्री संरचनामा ध्यान पुर्याए जस्तै घरको बाहिरी भागको निर्माण काममा र रंगरोगनमा पनि उतिकै ध्यान दिनुपर्ने हुन्छ ।

१० आवश्यकता भन्दा ठूलो घर बनाउनु

यो पनि अर्काे गल्ती हो । कतिपयले एक तला घर बनाउँदा पुग्ने भए पनि समाज र आफन्तलाई देखाउन ठूलो घर बनाउन खोज्छन् । त्यो घर भाडामा लगाउन सके त फाइदा होला नत्र त आर्थिक दबाब पर्न जान्छ । त्यसैले आफूलाई जति आवश्यक हो त्यति तला बनाउनुपर्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested