English

नेपाली कम्पनीको क्यान्सरविरुद्धको औषधि बजारमा



क्यान्सर रोगविरुद्धको औषधि एन्टिक्यान्सर हुग बजारमा ल्याइएको छ । टिजिग फर्मा प्रा.लिबाट उत्पादित एन्टिक्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट लाइसेन्स प्राप्त गरेपछि बजारमा ल्याइएको हो । योसँगै टिजिग फर्मा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ ।

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले हाल नेपालभित्रै बिक्रीवितरण गर्न विभागबाट तीन वटा मोलिक्यूलको मार्केट लाइसेन्स प्राप्त भइसकेको बताए । उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्यूलको स्वीकृति पत्र प्राप्त भएको बताउँदै आफ्नो कम्पनी क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो भएको दाबी गरे । टिजिग फर्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याव (एसपीएएल)सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर वैदेशिक लगानीमा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्टार्डड र नेपालको प्रविधि हस्तान्तरण सम्बन्धि ऐनअनुसार नै सञ्चालनमा ल्याएका हौं,’ संस्थाका कार्यकारी निर्देशक वैद्यले भने, ‘संस्था स्थापनामा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधि ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको र सञ्चालनमा पनि उल्लेखित सम्पूर्ण ऐन नियमहरूका पालना हुनेछ ।’

कार्यकारी निर्देशक वैद्यले टिजिग फर्मामा औषधि उत्पादन, विश्लेषणलगायतका कार्यका लागि सम्बन्धित विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालको औषधी ऐन र नियमावलीमा रहेका व्यवस्था तथा सम्बन्धित औषधिहरूको ग्रन्थमा गरिएका व्यवस्था बमोजिम हुने गरेको बताए । उनले थप एसपीएएल (डब्लुएचओ जीएमपी, इयूजीएमपी सर्टिफाईड) समेतको व्यवस्थापन तथा निगरानी हुने गरेकाले औषधिको गुणस्तर नियन्त्रण, नियमनमा बलियो आधार बसेको बताए । वैद्यले कम्पनीको उत्पादन विश्वस्तरकै रहने र निर्यात गर्न कुनै समस्या नहुने दाबी गरे ।

नेपालकै नमूना फ्याक्ट्री

क्यान्सरविरुद्धका औषधिहरू उत्पादनका समयमा व्यक्ति र वातावरणमा पर्न सक्ने असरलाई विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालका ऐन तथा नियमावली सबै व्यवस्थालाई मध्यनजर गरिएको छ । टिजिग नेपालमा औषधि उत्पादन क्षेत्रमा एउटा नमूना उद्योग रहेको कार्यकारी निर्देशक वैद्यले बताए । टिजिगले अहिले औषधि व्यवस्था विभागबाट २७ वटा मोलिक्यलका लागि उत्पादन स्वीकृति समका छ । जसमध्ये पाँच वटा फर्माकोपेल अरू नन फर्माकोपेल छन् । यीमध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले जानकारी दिए ।

गुणस्तर पहिलो प्राथमिकता

विश्व बजारमा बेग्लै पहिचान बनाएको एसपीएएलसागको सहकार्यमा सञ्चालित टिजिगले पहिलो प्राथमिकता औषधिको गुणस्तर कायम राख्नु रहेको बताएको छ । यसका लागि लेआउट, डिजाइन, उपकरण, कच्चा पदार्थसम्बन्धी सम्पूर्ण कार्यहरू एसपीएएलको साथमा गर्दै आएको कम्पनीको भनाइ छ ।

यस्तै औषधि उत्पादन गुणस्तर नियन्त्रणका लागि पनि एसपीएएलका प्राविधिकहरूको नियमित उपस्थिति रहेको छ । कम्पनीले आफ्ना उत्पादनहरू नियमित रूपमा तेस्रो पक्षबाट परीक्षण र विश्लेषण गराउने गरेको छ । औषधिको गुणस्तरमा महत्त्व राख्ने अर्को महत्त्वपूर्ण पक्ष उत्पादन र परीक्षणमा प्रयोग हुने सम्पूर्ण उपकरणहरूको नियमित क्यालिब्रेसन र भ्यालिडिटेसन आदि कार्य गराउँदै आएको कार्यकारी निर्देशक वैद्यले बताए । ‘हामी यी सबै कार्य उत्पादनको गुणस्तरताका लागि गरेका हौँ । जसबाट कम्पनीको पहिलो उद्देश्य गुणस्तरीय औषधि उत्पादन र बिक्री वितरण रहेको पुष्टि हुन्छ,’ वैद्यले भने ।

बजारमा ट्याब्लेट र क्याप्सुल उपलब्ध

कार्यकारी निर्देशक वैद्यले बजारमा टिजिगका उत्पादनहरू ट्याब्लेट र क्याप्सुल बनोटमा उपलब्ध हुने बताए । उनले इन्जेक्सनमा आधारीत औषधि पनि निकट भविष्यमै बनाउने योजना रहेको जानकारी दिए । ‘खुम्चिने होइन इन्जेक्सन स्वरूपमा पनि जानेछौँ । त्यो अझ एडभान्स लेभलमा हुनेछ,’ वैद्यले भने, ‘क्यान्सरका विभिन्न प्रकारमध्ये सकेसम्म बढि प्रकारका औषघि यस कम्पनीले उत्पादन गर्दछ र विभागबाट स्वीकृति प्राप्त भएअनुसार क्रमशः बजारमा उपलब्ध हुँदै जानेछ ।’

औषधिको मूल्य सस्तो हुने

क्यान्सरविरुद्धका आयातित औषधिको तुलनामा टिजिग कम्पनीबाट उत्पादित औषधिको मूल्य केही सस्तो हुने कार्यकारी निर्देशक वैद्यले बताए । ‘हामीले अहिले उत्पादन गरेका औषधि यस अघिसम्म बिरामीले विदेशबाटै ल्याएर खानपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हट्नेछ । उही किसिमको औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत अवश्य दिनेछौं । नेपालमै उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता हुनेछ । औषधि अभाव होला कि वा नपाइएला कि भन्ने डर हुँदैन,’ उनले भने ।

टिजिग फर्माले आफ्ना औषधिको बारेमा जानकारी दिन मंगलबार स्वास्थ्य मन्त्रालयका सचिवसँग अर्न्तकिया कार्यक्रम गरेको छ । कार्यक्रममा टिजिगसँगै एसपीएक्यूर ल्यावका प्रतिनिधि, औषधि व्यवस्था विभागका महानिर्देशक, चिकित्सक, औषधि उद्योगी र व्यवसायीहरूको सहभागिता थियो ।

यो पनि
डिजिटल लतबाट कसरी जोगाउने बालबालिकालाई ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।