English

बलिउड अभिनेत्री कंगना रनावतसम्बन्धी रोचक तथ्य



बलिउड अभिनेत्री कंगना रनावत अभिनयमा जति अब्बल छिन्, उनको बोल्ने शैली उत्तिकै कठोर छ । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री चाहे राजनीतिक होस् या सामाजिक, हरेक विषयमा बोलेर विवाद र चर्चामा आइरहन्छिन् । कंगनाका देखिएका यी कुरा सबैलाई थाहा भएकै हो । तर उनका केही नदेखिएका कुरा छन्, जो कमैलाई थाहा छ ।

कंगना बाल्यकालदेखि नै द्रुत गतिमा बढ्ने स्वाभावकी थिइन् । त्यहीकारण उनका पिता उनलाई ‘लेडी डायना’ भनेर बोलाउँथे । कंगनालाई परिवारले मेडिकल पढ्नका लागि नयाँदिल्ली पठाएका थिए । तर उनले अभिनयका लागि पढाइ नै छोडिन् ।

उनी एक प्रशिक्षित कत्थक नृत्यांगना पनि हुन् । कंगना खाली समयमा पुस्तक पढ्न र संगीत सुन्न मन पराउँछिन् । कंगनाको मनपर्ने फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ हो । उनी अनुभवी बास्केटबल खेलाडी पनि हुन् ।

उनी शाकाहारी अभिनेत्री हुन् । यही कारण उनलाई सन् २०१३ मा पेटाले ‘हटेस्ट भेजिटेरियन’को उपाधि दिएको थियो । अभिनेत्री शबाना आजमीपछि कंगना सबैभन्दा धेरै नेसनल अवार्ड जित्ने अभिनेत्री हुन् ।

कंगना ज्योतिषमा बढी विश्वास गर्छिन् । घरमा पाएको खाना मनपराउँछिन् । उनको मनपर्ने परिकारमा दाल, भात र तरकारी हो। बिदा मनाउन उनको मनपर्ने स्थान लन्डन, पेरिस र न्युयोर्क हो । कंगनाको मनपर्ने रंग कालो हो ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री
यसरी ठगिइन् सनी लियोनी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested