English

सहिदका नाममा उद्यान



तत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिदका नाममा बाग्लुङमा उद्यान निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका-२ अर्गल, गयारमा बन्ने सहिद उद्यानमा संरचना र पूर्वाधार निर्माणले गति लिएको हो ।

गयार त्यहीँ ठाउँ हो जसलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रूपमा प्रयोग गरेको थियो । विसं २०५८ मंसिरमा सरकारी सुरक्षा फौजले गयारमै तीन माओवादी समर्थकलाई एकसाथ हत्या गरेको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले पर्यटनको नमूना योजनाका रूपमा सहिद उद्यानलाई अगाडि बढाइएको बताए ।

‘यहाँका पर्यटकीय गन्तव्यस्थलको विकास र प्रवर्द्धनका लागि रु १६ करोडको लागतमा डिपिआर तयार पारिएको छ, सहिद उद्यान पनि त्यसैमा पर्छ’, उनले भने, ‘उद्यान निर्माणमा रु चार/पाँच करोड खर्च हुने आकलन छ, यो गाउँपालिकाको बहुवर्षीय योजना हो ।’

यस वर्ष गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालबाट उद्यान विकासका लागि छुट्टाइएको रु १० लाख र जनश्रमदानसमेत गरी कूल रु ११ लाख १८ हजारको लागतमा पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष घर्तीले बताए ।

संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ ढुङ्गा राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाले बनाइएको छ । लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार २९१ वर्ग मिटर जमिनमा उद्यानका संरचना बनाइने गाउँपालिकाले जनाएको छ । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अन्य पूर्वाधार बन्न बाँकी नै छ ।

आर्थिक स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट पनि बजेट उपलब्ध गराउनपहल भइरहेको उनको भनाइ थियोे ।

जनयुद्धका बेला ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धमा जिल्लाकै बढी असर परेको ठाउँ हो । त्यहाँका दुई जना अझै बेपत्ता छन् ।

‘उद्यान निर्माणले सहिदको योगदानको स्मरण र सम्मान त हुने नै छ योसँगै पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुनेछ’, उनले भने, ‘युद्ध पर्यटनका माध्यमबाट ताराखोलालाई चिनाउने हाम्रो उद्देश्य हो ।’

अर्गलको गयारलाई मात्र नभएर ताराखोलाका अरू कैँयन क्षेत्रलाई पनि माओवादी कार्यकर्ता र जनमुक्ति सेनाले आश्रयस्थल बनाएका थिए । ती ठाउँको चिनारी र प्रवर्द्धनलाई पनि पर्यटन विकासको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा समावेश गरिएको छ ।

त्यसैमा वडा नं ५ को करिमेलालाई ‘ढुङ्गेनी गाउँ’का रूपमा विकास गरिने, गाईघाट झरनाको सौन्दय बढाउने, हिले, भुस्कातलगायत पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडागरी पर्यटन प्रवर्द्धन गर्ने योजना गाउँपालिकाको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested