English

‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला



नेपाली चलचित्रकी चर्चित हास्यकलाकार दीपाश्री निरौलाले रेडियो नाटकबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी थिइन् । उनले कलाकारको साथै सफल फिल्म निर्देशकको समेत परिचय बनाएकी छिन् ।

दीपाश्रीले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा समेत परेको छ ।

दीपाश्रीलाई सानैदेखि अभिनय र नृत्यमा एकदमै रुचि थियो । उनलाई आफ्नो बाल्यकाल असाध्यै प्रिय लाग्छ । बाल्यकालमा गरेका हरेक क्रियाकलापहरू दीपाश्रीलाई विशेष लाग्छन् । सानो बेलामा खाएका खानेकुरा पनि विशेष नै हुने गरेको उनी बताउँछिन् । बाल्यकालमा खाएको खानेकुरालाई सम्झँदै दीपाश्री भन्छिन्– ‘बाल्यकालमा खाएको खानेकुराको स्वाद जिब्रोमै गडेको छ ।’

कति मिठो हुन्थ्यो त्यो खट्टीमिठ्ठी सम्झिँदा पनि मुखमा पानी आउँछ ।

दीपाश्रीको बाल्यकाल विराटनगरमा बितेको थियो । उनी सानो छँदा साह्रै छुकछुके स्वभावकी थिइन् । उनको घरमा इमलीको रूख थियो । दीपाश्रीलाई इमली असाध्यै मनपर्ने, त्यसैले अमिलो खान मन लाग्नेबित्तिकै उनी इमलीको रूखमा चढिहाल्थिन् । बाल्यकाललाई सम्झँदै उनी भन्छिन्– ‘हाम्रो घरमा इमलीको रूख थियो, आमाले त्यो इमलीको खट्टीमिठ्ठी बनाउनुहुन्थ्यो ।’

उनलाई बाल्यकालमा खाएका खानेकुरामध्ये एकदमै मनपर्ने खानेकुरामा आमाले बनाएको इमलीको खट्टीमिठ्ठी हो । ‘कति मिठो हुन्थ्यो त्यो खट्टीमिठ्ठी सम्झिँदा पनि मुखमा पानी आउँछ ।’

इमलीको तितौरा अहिले पनि बजारमा पाइन्छ । तर, पहिलेको जस्तो स्वाद भने पाइँदैन । ठूलो भएपछि पनि धेरैपटक इमलीको तितौरा किनेर खाएको छु, तर आमाले बनाएको खट्टीमिठ्ठीको स्वाद कहाँ पाइन्थ्यो र ? उनी सुनाउँछिन् ।

बाल्यकाल जति प्यारो र सम्झनलायक समय सायद कमै होला ।

बाल्यकालमा विराटनगरको घरमा भएको इमलीको रूख अहिले छैन । त्यहाँ घर बनिसकेको छ । तर, दीपाश्रीलाई भने त्यो इमलीको रूख र आमाले बनाएको इमलीको खट्टीमिठ्ठीको सारै याद आउँछ ।

बच्चा बेलामा थोरै मात्र खानाका परिकार हुन्थ्यो र खाएको हरेक खानेकुरा मिठो हुने गथ्र्यो । अहिले खानाको परिकारहरू धेरै भएता पनि कमै मात्र खानेकुरा मात्रै मिठो लाग्ने उनी सुनाउँछिन् । ‘बाल्यकाल जति प्यारो र सम्झनलायक समय सायद कमै होला ।’

यो पनि…
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द
गायक सुगमको गीतमा दीपाश्री र सन्दिपको ठुम्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested