English

दीपाश्री नीरौलाको नजरमा पढ्नैपर्ने ३ पुस्तक



अहिले कोरोना माहामारीले गर्दा २ हप्ताको लागि सरकारले निषेधाज्ञा गरेको छ । घरमा बसेर कसरी समय बिताउने भन्ने चिन्तामा हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । तर यो खालि समयमा कस्तो पुस्तक पढेर सदुपयोग गर्ने त ? वा कस्ता पुस्तक छान्दा राम्रो हुन्छ ? भन्ने किसिमको द्विविधामा हुनुहुन्छ भने, तपाईले यी तीन पुस्तक पढेर समयको सदुपयोग गर्न सक्नुहुन्छ ।

अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको नजरमा पढ्नै पर्ने ३ पुस्तक
१. श्रीमद्भगवतगीता

मैले पढेका पुस्तकहरुमा तीन पुस्तक छान्नुपर्दा पहिलो नम्बरमा श्रीमद्भगवतगीता पर्छ । यो पुस्तक पढेर मैले जीवन दर्शन के हो यसलाई कसरी सरल बनाउने भन्ने कुरा बुझेको छु । यसमा जीवन के हो भन्नेबारे बुझ्न सकिन्छ । व्यवहार, जीवन र कर्म कस्तो हुनुपर्छ भन्ने कुरा यसमा देखाइएको छ । सारा जीवनका लागि चाहिने कुराहरू यसमा छन् । त्यसैले पनि यो पुस्तक सबैले एकपटक पढ्नैपर्छ ।

२. चिना हराएको मान्छे

दोस्रो नम्बरमा हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ पनि मलाई एकदमै मन परेको पुस्तक हो । हरिवंश आचार्य नाम नै एउटा महत्वपूर्ण परिचय हो । अभिनय गरेर अरुलाई पेट मिचिमिचि हसाउने र धुरुधुरु रुहाउन पनि सक्ने यी महान् कलाकार आफ्नो वास्तविक जीवनमा कति हासेका छन् र कति रोएका छन् त ? यस्ता अनेक प्रसङ्गहरुको बेलिबिस्तार चिना हराएको मान्छे पुस्तकमा छ । मान्छेको जीवनमा आईपर्ने उत्तारचढावलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने शिक्षा यो पुस्तकबाट सिक्न सकिन्छ ।

३. खुशी

विजय कुमार पाण्डेको ‘खुशी’ले मदन पुरस्कार समेत जितेको छ । यस आत्मकथा पढ्दा साच्चै नै खुशी प्राप्त हुन्छ । पढुन्जेल रमाइलो लाग्ने यो कितावमा लेखकले बिषयवस्तुहरु टाकटुक मिलाएर राखेका छन् । आफ्नो व्यवसायिक जीवनमा पत्रकार , प्रस्तोता , सम्पादकको भूमिकामा भएका उतार चडावको कथा यस पुस्तकमा छ । भौतीक सुखले मात्र जीवन पूरा हुँदैन भन्ने कुरा यस पुस्तकले सिकाउँछ ।



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested