English

सात वर्षको अनुसन्धानमा वैज्ञानिक असफल



संसार लाखौँ रहस्यले भरिएको छ । जुन वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । आज हामी तपाईंलाई एउटा यस्तो रहस्यको बारेमा बताउँदै छौँ । यो रहस्य डेथ भ्याली क्यालिफोर्नियाको हो । यो उपत्यका ढुङ्गाका कारण विश्वभर नै प्रसिद्ध छ ।

रहस्यको कुरा, यहाँ ढुङ्गाहरू हिँडेर एक ठाउँबाट अर्काे ठाउँमा पुग्छन् । र आफ्नो छाप पनि छोड्छन् । यो छाप देख्दा मरुभूमिको धुलोमा गाडीले छाप छोडेको जस्तो लाग्छ । जुन रहस्य अझै पत्ता लाग्न सकेको छैन ।

यहाँका ढुङ्गाहरू कसरी आफैँ हिँड्छन् भन्ने बारेमा धेरै वैज्ञानिकहरूले अनुसन्धान गरे तर उनीहरूका लागि अझै यो रहस्यमय नै बनेको छ ।

यहाँ धेरै स्वदेशी तथा विदेशी पर्यटकहरू हेर्न आउने गर्छन् । यो पूरै दुई सय २५ किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । अझसम्म यी ढुङ्गाहरू हिँडेको कसैले देखेका छैनन् । तर, यी ढुङ्गाहरू सरेपछि लामो लाइन छोड्छन् । यी छापहरूले देखाउँछ कि ढुङ्गाहरू एक ठाउँबाट अर्काे ठाउँमा सर्छन् ।

१ किलोमिटरसम्म सर्छ ढुङ्गा

सन् १९७२ मा यो रहस्य थाहा भएको थियो । यसका लागि वैज्ञानिकहरूको टोली यहाँ आएर यी ढुङ्गामाथि वैज्ञानिकहरूले सात वर्षसम्म अनुसन्धान गरेका थिए ।

ढुङ्गाको बारेमा पत्ता लगाउने प्रयास गर्दा एक किलोमिटर टाढा गएर ढुङ्गा फेला परेको थियो । यसले गर्दा वैज्ञानिकहरू नै छक्क परेका छन् ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested