English

चिनियाँ अर्थतन्त्र ‘गैरबजार’ रहेको अमेरिकी आरोपबारे चीनको खण्डन



चिनियाँ आर्थिक प्रणाली ‘गैरबजार’ रहेको अमेरिकी आरोपबारे चीनले खण्डन गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयले आरोप आधारहीन र तर्कसङ्गत नरहेको टिप्पणी गरेको हो ।

अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा अमेरिकाले चीनमाथि लगाउने गरेका आरोप पूर्णतः तथ्य विपरीत भएको मन्त्रालयको दाबी छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले गरेका दाबीलाई खण्डन गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिवेदनमा अमेरिकाले चीनको गैर–बजार नीति र अभ्यास समाधान गर्न नयाँ रणनीति खोज्न आवश्यक रहेको उल्लेख छ । तर चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकालाई तर्कसङ्गत तथा व्यावहारिक नीति अपनाउन र दुई देशबीचको सम्बन्धलाई सुमधुर रूपमा अघि बढाउन आह्वान पनि गरेको छ ।

यो पनि
५४ चिनियाँ एप्समाथि भारतले लगायो प्रतिबन्ध
युक्रेन संकटबारे बाइडेनले भने, ‘हमलाको सम्भावना अझै यथावत्’



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested