English

५४ चिनियाँ एप्समाथि भारतले लगायो प्रतिबन्ध



देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

स्वीट सेल्फी एचडी, ब्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् ।

देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा पनि सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिक टक, वीच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो ।

सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिब तीन सय एप्सहरूमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पूर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनाहरुसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।

यो पनि
भारत–चीन विवादबारे संसदमा आलोचना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested