English

अपाङ्गता भएका महिलाको जीवन सङ्घर्ष



सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दैै आएकी छिन् । उहाँ आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै छिन् । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले आयोजना गरेको दुईहप्ते तालिममा सहभागी छिन् ।

निरौला ३५ किलोमिटर टाढा राजविराज आएर दैनिक तालिम लिइरहेकी छिन् । अविवाहित उनले आत्मनिर्भर हुन सीप सिकिरहेको बताइन् । ‘म कसैको बोझ बन्न चाहन्न’, निरौलाले भनिन् । भारतीय बजार नजिकै भएका कारण अगरबत्ती, साबुन, मैनबत्ती जस्ता समानमा प्रतिस्पर्धा गर्न नसक्दा खेलौना बनाउन आकर्षित भएको उनको भनाइ छ ।

निरौला जस्तै अन्य अपाङ्गता भएका महिलाले पनि तालिम लिइरहेका छन् । तालिममा राजविराजसहित सप्तकोसी, सुरुङ्गा, बोदे बर्साइन, हनुमाननगर कङ्काल्नी नगरपालिकालगायतका महिला सहभागी छन् । खेलौना बनाउने तालिममा सहभागी भएपछि उनीहरू आशावादी बनेका छन्म । सप्तकोसी नगरपालिका–१ फत्तेपुरबाट ४० किमीको बसयात्रा तय गरेर तालिममा सहभागी भएकी उर्मिला चौधरी यसबाट जीविकोपार्जन गर्न मद्दत पुग्ने बताउँछिन् । उनका श्रीमान् खगेनको कोभिड–१९ का कारण गत असार ४ गते ज्यान गयो । अपाङ्गता भएकी उर्मिला त्यसयता सहाराविहीन हुनुभएको छ ।

तालिमले केही गरेर बाँच्न सकिन्छ भन्ने मनोबल बढेको छ’, आरतीले भनिन्, ‘घरमै बसेर आयआर्जनको अवसर पाउने विश्वास छ ।

ऐलानी १० धुर जग्गामा बसोबास गरिरहेकी उर्मिलालाई वृद्ध सासूको स्याहार र १३ वर्षीय छोरोको लालनपालनको जिम्मेवारीसमेत सम्हाल्नुपरेको छ । दुवै जनाको स्याहारका लागि कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने उर्मिलाको बाध्यता छ ।

यसैगरी, हनुमाननगर कङ्काल्नी–१२ की सङ्गीता खड्का पनि क्षमता विकास र आयआर्जनका लागि तालिममा सहभागी हुनुहुन्छ । अविवाहिता खड्काले घरमै ट्युसन पढाउने र किशोरी शिक्षा दिने गरिरहेको बताइन् । खेलौनाको माग बढ्दै गएको उनी बताउँछिन् ।

राजविराज नगरपालिका–८ की आरती मण्डल खेलौनाले बनाउने तालिम लिन थालेपछि सीपले जीवन गुजार्न सहज हुने विश्वास व्यक्त गरिन् । ‘तालिमले केही गरेर बाँच्न सकिन्छ भन्ने मनोबल बढेको छ’, उनले भनिन्, ‘घरमै बसेर आयआर्जनको अवसर पाउने विश्वास छ ।’

पहिलोपटक अपाङ्गता भएका महिलालाई तालिम प्रदान गरिएको प्रशिक्षक कविता दासले बताइन् । तालिममा अपाङ्गता भएका २० जना महिला सहभागी छन् ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
मलेसियामा डेढ करोड सिध्याएका नरबहादुरलाई च्याउखेतीले बनायो करोडपति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested