English

वास्तुअनुसार कुन ठाउँमा के राख्दा शुभ हुन्छ ?



हामी सबैलाई आफ्नो घर सजाउन रहर लाग्छ । सबैले, आफ्नो घरलाई फरक तरिकाले सजाउन चाहन्छन् । सामान्यतया, मानिसहरूले घर सजाउनका लागि विभिन्न सजावटका वस्तुहरू प्रयोग गर्छन् र हेर्दा निकै आकर्षक पनि देखिन्छन् । तर, घरमा शुभ रहनका लागि, हरेक वस्तुलाई वास्तुअनुसार सजाउनु राम्रो मानिन्छ । घरमा सजाउनका लागि केही यस्ता वस्तुहरू छन्, जुन राख्दा शुभ हुन्छ ।

मनी प्लान्ट

आजभोलि दिशा र कोणअनुसार घर सजाउने गरिन्छ । वास्तुअनुसार मनी प्लान्टलाई उत्तर दिशामा राख्नु शुभ मानिन्छ । मनी प्लान्टलाई घरमा राख्दा यसले धन र अन्न बढाउँछ । साथै, ठूला पात भएका प्लान्टहरू राख्नुपर्दछ । यसलाई टोकरीमा रोप्नुपर्दछ ।

पेन्डुलम घडी

आफ्नो घरको लबीको उत्तर वा पूर्व भित्तामा पेन्डुलम घडी राख्नुहोस् । यस्ता घडीहरूले प्रत्येक घण्टामा आवाज निकाल्छ र घरमा ध्वनि तरंगहरू पनि सिर्जना गर्छ । जसले गर्दा आफ्नो काम समयमै गर्न ध्यान जान्छ । सकेसम्म घडीको फ्रेम काठको हुनुपर्दछ ।

रंगोली

जब, घर सजाउने कुरा आउँछ । सजावट मुख्य प्रवेशद्वारबाट शुरू हुन्छ । घर सजाउनका लागि रंगोली बनाउनु राम्रो हुन्छ । मुख्य प्रवेशद्वारमा रंगोली लगाउनाले सकरात्मकता ऊर्जा बढ्नुको साथै घरमा शुभ हुन थाल्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested