English

चार करोड खर्चेर ‘भक्ति थापा पार्क’ निर्माण



लमजुङको राइनास नगरपालिका-९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ ।

राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए ।

भक्ति थापाको सम्मानका साथै ऐतिहासिक राइनास मोहोरियाकोटलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो । उनका अनुसार ५ रोपनी क्षेत्रफल जमिनमा रहेको पार्कमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण गरिएको छ ।

शालिकले यहाँ आउने सबैको ध्यान खिच्ने गरेको छ । पार्कको सम्पूर्ण डिपिआर ३ करोड ९९ लाख रुपैयाँ रहेको उल्लेख गर्दै हालसम्म ८२ लाख रुपैयाँ खर्च भएको बताए ।

भक्ति थापा विसं १९७१ मा नेपाल-अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीनसय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर निधन भएको थियो ।

अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिंह थापालाई बुझाएको इतिहास छ । उनी लमजुङस्थित पुँवर थापा परिवारमा जन्मिएका हुन् । १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व गरेका थिए ।

यो पनि
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested