English

कोभिडको चौथो डोज आवश्यक पर्न सक्छः एन्टोनी फाउची



ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार एन्टोनी फाउचीले कोभिड १९ को भेरियन्ट ओमिक्रोन सामना गर्न अमेरिकामा चौथो डोज खोप आवश्यक पर्ने संकेत गरेका छन् । व्यक्तिको उमेर र उसमा अन्तर्तिहित अवस्थाहरुका आधारमा चौथो बुस्टर डोज दिन सकिने उनको भनाई छ ।

‘मेसेन्जर आरएनए (एमआरएनए) खोप लगाएका व्यक्तिहरुलाई उनीहरुको उमेर र अवस्थाका आधारमा फेरि अर्को बुस्टर डोज आवश्यक पर्न सक्छ,’ फाउसीले भने ।

तेस्रोबाहेक अर्को एउटा खोपको आवश्यकतासम्बन्धी तथ्यांक सञ्चारकर्मीलाई देखाउँदै फाउचीले त्यो एउटा प्रष्ट विषय भएको र त्यसलाई आफूले धेरै नजिकबाट नियालेको बताए ।

फाउचीले नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट देखिएपछि विश्वभर पाँच लाख मानिसको मृत्यु भएको बताउँदै यसलाई कोरोनाभाईरस संकटको ‘पूर्ण विकसित महामारीको चरण’ भनेका थिए ।

यसअघि फाउचीले नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट देखिएपछि विश्वभर पाँच लाख मानिसको मृत्यु भएको बताउँदै यसलाई कोरोनाभाईरस संकटको ‘पूर्ण विकसित महामारीको चरण’ भनेका थिए ।

ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि अमेरिकामा करिब १ लाख जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले मंगलबार जनाएको थियो । यसैबीच अमेरिकामा विभिन्न राज्यमा लागू भएका कोभिड १९ मास्क म्यान्डेटलाई अन्त्य गरिँदैछन् ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested