English

डब्लूएचओ भन्छ- ‘ओमिक्रोन नै अन्तिम होइन’



विश्व स्वास्थ्य संगठन ओमिक्रोन नै अन्तिम भेिरयन्ट नभएको बताएको छ । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भनिन्, ‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको पनि ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रिमिङमा सोधिएको प्रश्नमा उनले सो जवाफ दिएकी हुन् ।

मारिका वेनले भनिन्, –हामी यस भाइरसको बारेमा धेरै जान्दछौँ । तर, सबै जान्दैनौँ । स्पष्ट रूपमा भन्नुपर्दा यो भेरियन्ट वाइल्ड कार्ड हो । यसैले हामी रियल टाइममा भाइरस ट्रयाक गरिरहेका छौ । हामी यसको म्यूटेशन र यसमा आउने परिवर्तनको बारेमा लगातार ट्रयाक गरिरहेका छौ ।’

उनले भनिन्, ‘ओमिक्रोन भेरियन्ट अझै ताजा चिन्ताको विषय भएको छ । यो अन्तिम गम्भीर भेरियन्ट होइन, जसको बारेमा विश्व स्वास्थ्य संगठन बोलिरहेको छ । अघिल्लो भेरियन्ट पनि आउन सक्ने शंका गर्न सकिन्छ । यद्यपि, त्यहाँसम्म पुग्नका लागि केही समय लाग्नसक्छ । जुन किसिमबाट संक्रमणको दर बढिरहेको छ, दोस्रोतर्फ भेरियन्ट हुने सम्भावना अत्यन्त बढी छ ।’ उनले खोपको दायरलाई बढाउने मात्र होइन सबै नियमको पालना गर्नुपर्नेमा जोड दिइन् ।

यो पनि
डब्लूएचओ भन्छ- ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ
वैज्ञानिकले बनाए कोरोना परीक्षण यन्त्र

्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो