English

वैज्ञानिकले बनाए कोरोना परीक्षण यन्त्र



बेलायतका वैज्ञानिकहरूले कोरोना परीक्षण गर्ने सस्तो यन्त्र ‘ल्याब इन द ब्याकप्याक’ निर्माण गरेका छन्। यो मोबाइल किटले सार्स कोभ-२ पत्ता लगाउन निकै सहज हुने पनि दाबी गरिएको छ। वैज्ञानिकहरूले यो सानो मोबाइल किटको कुल लागत ५१ अमेरिकी डलर रहेको पनि जानकारी दिएका छन्।

सस्तो र सानोसमेत हुनाले यो किट गरिब देशमा र दूरदराजका स्थानमा लैजान समेत सहज हुने विश्वास गरिएको छ। संसारका कतिपय स्थानमा अहिले पनि प्रयोगशाला छैनन्, दक्ष जनशक्तिको अभाव उत्तिकै छ। यो किटको मद्दतले वैकल्पिक परीक्षण हुने उनीहरूको भनाइ छ।

लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका प्राध्यापक स्टोयन स्मोकोभले भने, ‘हामी यो मोबाइल ल्याबको कोभिड-१९ परीक्षण क्षमता र यो किटको सस्तो प्रविधिलाई सार्वभौम बनाउने सम्भावनालाई लिएर निकै उत्साहित छौं।’

स्टोयनका अनुसार, मानिसहरुले यो किटको मद्दतबाट नियमित रुपमा आफ्नो रगत र पिसाब पनि परीक्षण गर्न सक्ने छन्। तथापि, यो किट विकसित गर्नुको मुख्य उद्देश्य भने कोरोना परीक्षणलाई सर्वव्यापी बनाउनु रहेको उनको भनाइ छ। ‘ल्याब इन द ब्याकप्याक’ले सस्तो र सहज परीक्षणमा मद्दत पुग्ने स्टोयनको विश्वास छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested