English

नियमित जिरा सेवनले गर्छ यस्ता फाइदा



जिरा मुख्यतया खानामा सुगन्ध र स्वाद बढाउन प्रयोग गरिन्छ । यसमा धेरै स्वास्थ्य लाभ हुने तत्वहरू पनि पाइन्छन् । यसलाई स्वास्थ्य समस्याहरूको उपचार गर्न घरेलु औषधिको रूपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदका अनुसार जिरामा धेरै शारीरिक रोगलाई कम गर्ने क्षमता हुन्छ । जिरामा धेरै यस्ता यौगिकहरू पाइन्छ, जसले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । यसले प्रदान गर्ने मुख्य स्वास्थ्य लाभहरू निम्न अनुसार छन् :

पाचन प्रणाली बलियो बनाउँछ

जिराको सेवनले पाचन प्रणाली बलियो हुन्छ । पाचन प्रक्रिया स्वस्थ हुनु नै मेटाबोलिज्मको मात्रा बढ्नुको साथै, तौल घट्नु पनि हो । जिरा पानीले निरन्तर पाचन प्रक्रियामा एन्जामाइनलाई प्रभाव पार्ने र ब्लोटिङ घटाउने काम गर्छ । जसले गर्दा खाएको खानेकुराहरू सजिलै पच्छ ।

मोटोपना घटाउँछ

जीराको सेवनले तौल घटाउन पनि मद्दत गर्छ । तौल सन्तुलि हुन राम्रो पाचन क्रिया हुन जरुरी छ । जिराले शरीरमा चिल्लो (फ्याट) घटाउँछ, सुगर अनि कार्बोहाइड्रडाको मात्रा घटाएर पाचन क्रिया सहज गरिदिन्छ । जसले तपाईंको मेटाबोलिजम बढ्छ र शरीर फिट रहन्छ ।

भोक जगाउँछ

यदि, अरुचि भएको छ भने जिराको सेवनले गर्दा भोक जगाउँछ र खानालाई राम्ररी पचाउँछ । धेरै दिनदेखि खाना अरुचि भएको छ भने दैनिक १ देखि ३ ग्राम जिराको सेवन गर्दा यसले खानाको रुचि बढाउँछ ।

जिरा संक्रमणसँग लड्न प्रभावकारी हुन्छ

जिरामा पाइने केही विशेष तत्वहरूले एन्टिसेप्टिक औषधिको रूपमा प्रभावकारी रूपमा काम गर्छन् । तसर्थ, जिराको सेवनले धेरै तरिकामा संक्रमणको जोखिम कम गर्न सक्छ । ज्वरो तथा रुघा खोकीको संक्रमण भएको बेला जिरा पानीको सेवनले संक्रमणलाई कम गर्न सहयोग गर्छ ।

यसरी गरौँ जिराको प्रयोग

जिरा नेपाली भान्सामा धेरै लोकप्रिय छ । जिराले खानाको स्वाद जति बढाउँछ, त्यति नै यसले स्वास्थ्यलाई पनि फाइदा गर्छ । आयुर्वेद, सिद्ध र अन्य धेरै परम्परागत चिकित्सा प्रणालीहरूमा प्राचीन कालदेखि नै जिरा धेरै उपचारमा प्रयोग हुँदै आएको छ ।

– दैनिक एक गिलास पानीमा आधा चम्चा जिरा मिसाएर पकाएर जिरा पानी सेवन गर्न सकिन्छ ।
– जिराको सेवन गर्दा दैनिक १ देखि ३ ग्राम मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।
– जिरालाई स्वादअनुसार परिकारमा पनि प्रयोग गर्न सकिन्छ । तर, बढीमा ३ ग्राम मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।

यो पनि…
जोर्नी दुख्छ ? बन्दागोभीले गर्छ औषधिको काम
यस्ता छन् स्तन क्यान्सर पत्ता लगाउने तरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested