English

आँपको रूखमा ४ तले घर



घर बनाउँदा काठ पातका लागि रूख काटिन्छ । तर नकाटी रुख भित्रै घर बनाएको सुन्दा अच्चम लाग्न सक्छ । भारतको उदयपुरमा रूखभित्रै ४ तले घर बनेको छ । कुल प्रदीप सिंहले ८० वर्ष पुरानो आँपको रूख नकाटेरै घर बनाएका हुन् । 

सिंहले सन्, २००० मा घर बनाएका थिए, जसको चर्चा हाल विश्वभर भइरहेको छ । यो ट्रिहाउस एक फुल फिनिसिङ घर हो । जसमा सबै सुविधाहरू उपलब्ध छन् । यो घर बनाउन वातावरणविद् सिंहले रूखको एउटा हाँगा पनि काटेका छैनन् । सिंहले रूखको हाँगाअनुसार घरको डिजाइन गरेका छन् । यस घरमा, भान्सा, शयनकक्ष, भोजनकोठा र पुस्तकालयलगायत सबै सुविधाहरू छन् । 

अचम्मको कुरो त के छ भने उक्त घरभित्रै फलहरू फलेका छन् । घरमा धेरै झयालहरू जडान गरिएको छ । जसका कारण चराहरू फल खान घरभित्रै आइरहन्छन् । सिमेन्ट प्रयोग नगरिएको यस घरमा फाइबर र स्टिल प्रयोग गरिएको छ । जब धेरै हावा चल्न थाल्छ तब घर पनि हावामा झुल्न थाल्छ । कुल प्रदीप सिंह आइटी इन्जिनियर हुन् ।

यो पनि…
अचानक गायब भएपछि गुगलले पनि हटायो टापु
अनौठो हिमपातले रुसमा समस्या



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested