English

अस्पताल बनेपछि स्थानीय दंग



सामान्य स्वास्थ्य सेवा लिन लामो दूरी पार गरेर चौतारा, मेलम्ची या धुलिखेल, काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको भन्दै इन्द्रावतीका स्थानीय खुसी भएका छन् । २५ हजार ५ सय १८ जनसंख्या रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जम्मा १२ वटा वडा रहेका छन् ।

विगतमा सामान्य रगत परीक्षणदेखि एक्सरे गर्न अन्यन्त्र जानुपर्ने बाध्यता स्थानीयमा थियो । तर, अहिले गाउँपालिकाको केन्द्र नवलपुरमा १५ शैय्याको अस्पताल बनेपछि अब त्यो बाध्यता हटेको भन्दै स्थानीय दंग देखिन्छन् ।

नवलपुर प्राथमिक अस्पतालमा सेवा लिन आएकी विमला अधिकारी भन्छिन्, ‘ओपिडीमा गएर डाक्टरलाई भेटेँ । एक्सरे र रगत परीक्षण गर्न पाउँदा निकै खुसी छु । पहिले यही कामको लागि दिन धुलिखेल पुग्नुपर्थ्यो ।’

गाउँपालिकाको प्रशासकीय भवनसँगै रहेको प्राथमिक अस्पताल बाग्मती प्रदेश सरकारको सहयोगमा बनेको हो । नवलपुर बजारमै ३ रोपनी क्षेत्रफलमा १५ शैय्याको नवलपुर प्राथमिक अस्पताल निमार्ण सम्पन्न भई सेवा दिन सुरु गरेको भएको छ ।

आइतबार बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सो अस्पतालको उद्घाटन गरेका छन् । मन्त्री लामाले अस्पतालको लागि आवश्यक जनशक्ति र उपकरणको लागि आफूले स्वास्थ्य मन्त्रालयमार्फत व्यवस्थापन गर्दै जाने बताए ।

अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्स रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए ।

प्राथमिक अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्न एमडिजिपि डाक्टर ,प्रशासनिक कर्मचारीसहित २१ जना कर्मचारी आवश्यक पर्ने भन्दै सो को व्यवस्थापनमा प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष तामाङले बताए ।

५ करोड ६० लाखमा ठेक्का लगाए पनि सो अस्पतालको भवन न्यु ड्रागन पवित्र मल्टिपल डेभिड कम्पनीले दुई वर्षमा ५ करोड ७८ लाख लागतमा निर्माण पुरा गरेको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिए । ३५ कोठा रहेको अस्पताल भवनमा ३० जना बिरामी राख्ने क्षमता छ ।

इन्द्रावती गाउँ कार्यपालिका सदस्यसमेत रहेकी मनकुमारी तामाङ जनशक्ति र उपकरणमा स्वास्थ्य मन्त्रीले विशेष जोड दिएमा नागरिकले पाउने सेवा सुविधामा पहुँच पुग्ने बताउँछिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

Latest










Popular
Suggested