English

अनौठो हिमपातले रुसमा समस्या



जाडोयाममा विभिन्न ठाउँमा सेताम्मे हिउँ परेको देखिन्छ । धेरैले हिउँ परेको प्रत्यक्ष भोगेका पनि छन् । तर, के तपाईंले कालो हिमपात परेको पढ्नुभएको वा सुन्नुभएको छ ? सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ, तर रुसमा पर्ने कालो हिमपात त्यहाँका मानिसका लागि समस्या बनेको छ ।

रुसको साइ्बेरियाबाट हिउँको कालो तस्वीर सार्वजनिक भएको छ । साइबेरियाको एक गाउँमा कालो हिमपात भइरहेको छ । जसका कारण ती ठाउँका मानिसहरू चिन्तित छन् । उनीहरू कालो हिमपातसँगै प्रदूषणको मारमा परेको स्थानीयले बताएका छन् ।

यसकारण कालो हिमपात

साइबेरियाको यस क्षेत्रमा कालो हिमपात पर्नुको कारण कोइलाबाट हुने प्रदूषण हो । जनतालाई तातो खुवाउन कोइला जलाउने तातो पानी प्लान्ट छ । जसको धुलोका कारण प्रदूषण बढेको छ । एक व्यक्तिले त्यहाँको भिडियो सेयर गर्दै भनेका छन्, ‘हाम्रा बालबालिकाहरू कालो हिउँमा खेल्न बाध्य भएका छन् ।’

सोभियत संघको अन्त्य भए पनि यहाँ केही परिवर्तन नभएको स्थानीय जनता बताउँछन् । यहाँको अवस्था पहिलेको जस्तै छ ओमसुक्चन र सेमचनमा कोइला बाट चल्ने तातोपानी प्लान्टका कारण कालो हिमपात भएको अधिकारीहरूले बताएका छन् । यहाँ सुन र कोइला खानी छ ।

यसकारण समस्या बढ्दै

साइबेरियाको यस क्षेत्रमा जनवरी महिनामा तापक्रम –५० डिग्रीभन्दा तल पुगेको थियो । जसका कारण यहाँ ठूलो मात्रामा कोइला जलाउनुपरेको थियो । तर, गर्मी प्लान्टहरूमा धुवाँ संकलन गर्ने उपकरणले राम्ररी काम नगरेका कारण यहाँका जनता प्रदूषणको सिकार भइरहेका छन् ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
भारतमै पहिलो ‘मेटाभर्स’ विवाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested