English

घटेको बजारमा बढ्यो कारोबार रकम



साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ। आज  नेप्से सूचक १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ३.२६ अंकले घटेको छ।

आज कारोबार रकम भने बढेको छ। मंगलबार साढे ६ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भएकोमा बिहीबार साढे ८ अर्ब बढीको शेयर कारोबार भएको छ। ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपियाँ बराबरको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर कारोबार भएको छ।

बिहीबार पनि विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभुमि हाइड्रोपावरको ९.७३ प्रतिशत, साहस उर्जाको ६.०६ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ५.३३ प्रतिशत र मैलुङ खोला जलविद्युतको ४.२५ प्रतिशतले बढेको छ।

यता आरएमडिसि लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.४९ प्रतिशतले घटेको छ भने पोखरा फाइनान्सको ३.०७ प्रतिशत, गोर्खाज फाइनान्सको २.९९ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको २.७५ प्रतिशत र समिट माइक्रोफाइनान्सको २.७४ प्रतिशतले घटेको छ।

यस्तै अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको ५२ करोड ५० लाख, शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख, नेश्नल हाइड्रोपावरको २४ करोड ८१ लाख र जलविद्युत लगानी तथा विकास कम्पनीको २४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमा ११ उपसमूहका सूचक नकारात्मक देखिएका छन भने हाइड्रोपावर र निर्जीवन बीमा उपसमूहको सूचक भने सकारात्मक देखिएका छन्।

यो पनि…
१०० अंकले नेप्से घट्दा बजार राताम्मे
सेयर बजारमा दोहोरो अंकको गिरावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested