English

कोरोना महामारीमा सर्वाधिक कमाउने यी अभिनेत्री



पछिल्लो दुई वर्ष कोरोना महामारीले हलिउडलाई पनि पूर्ण रुपमा प्रभावित बनायो । तर, यसको बाबजुद पनि हलिउडका केही अभिनेत्रीले कोरोना कालमा राम्रो कमाइ गरे । हलिउडका यी अभिनेत्रीहरूको कमाई बलिउडका अभिनेत्रीको भन्दा धेरै अगाडि छ ।

यहाँ सन् २०२१–२०२२ मा स्कार्लेट जोहानसन, एञ्जेलिना जोली, गेल गेडोतलगायतका सर्वाधिक कमाउने अभिनेत्रीहरूको कमाइ प्रस्तुत गरिएको छ । ३६ वर्षीया अभिनेत्री स्कार्लेट जोहानसन सन् २०१८ पछि सर्वाधिक कमाउने अभिनेत्रीको शीर्ष स्थानमा पुगिन् ।

‘द एवेञ्जर्स’, ‘अण्डर द स्किन’ जस्ता कैयौं ठूला फिल्ममा अभिनय गरिन् । उनले चार अर्ब १८ करोड डलर कमाइन् ।

उनको यो सफलताको कारण अभिनयप्रति उनको प्रेम र हरेक वर्ष रिलिज भएका फिल्म हिट हुनु हो । उनले ‘ब्ल्याक विडो’, ‘द एवेञ्जर्स’, ‘अण्डर द स्किन’ जस्ता कैयौं ठूला फिल्ममा अभिनय गरिन् । उनले चार अर्ब १८ करोड डलर कमाइन् ।

अभिनेत्री, निर्मात्री तथा कार्यक्रम प्रस्तोता सोफिया वेरगारा सर्वाधिक कमाउने अभिनेत्रीको सूचीको दोस्रो स्थानमा छिन् । उनले तीन अर्ब २१ करोड डलर आम्दानी गरिन् ।

सोफिया ‘अमेरिका गट ट्यालेण्ट’मा निर्णायक र हलिउडको एक सफल निर्माता हुन् । कोलम्बिया–अमेरिकी मूलकी अभिनेत्री सोफियाले विज्ञापन, सुटिङ र कैयौं व्यापारिक लगानीमार्फत कमाउने गर्छिन् ।

‘गोल्डन ग्लोब अवार्ड’ विजेता रिज विदरस्पुनले गत वर्ष दुई अर्ब ६९ करोड डलर कमाइन् । उनी एक सफल व्यवसायी महिला हुन् । उनी ९० को दशकमा सर्वाधिक रुचाइएको लोकप्रिय अभिनेत्रीमा पर्छिन् ।

अभिनेत्री एञ्जेलिना जोली विश्वभर लोकप्रिय र मन पराइएकी अभिनेत्रीमा पर्छिन् । उनले दुई अर्ब ६५ करोड डलर कमाइन् । उनी पछिल्लो पटक गत वर्ष नोभेम्बरमा रिलिज फिल्म ‘द इटर्नल्स’मा देखिएकी थिइन् ।

८ वर्षको उमेरमा ‘मिस इजरायल’को ताज जितेकी अभिनेत्री गेल गेडोट विश्वभर भर्सटायल र रुचाइएकी अभिनेत्रीमा पर्छिन् । सन् २०२० मा रिलिज उनको फिल्म ‘वण्डर वुमन–१९८४’ सर्वाधिक रुचाइएको थियो । उनले एक वर्षमा दुई अर्ब ३५ करोड डलर कमाइन् ।

१८ वर्षको उमेरमा ‘मिस इजरायल’को ताज जितेकी अभिनेत्री गेल गेडोट विश्वभर भर्सटायल र रुचाइएकी अभिनेत्रीमा पर्छिन् । सन् २०२० मा रिलिज उनको फिल्म ‘वण्डर वुमन–१९८४’ सर्वाधिक रुचाइएको थियो । उनले एक वर्षमा दुई अर्ब ३५ करोड डलर कमाइन् ।

अभिनेत्री जुलिया रोबर्टसले हालसम्म तीनवटा ‘गोल्डन ग्लोब अवार्ड’ जितेकी छन् । उनले एक वर्षमा दुई अर्ब २४ करोड डलर कमाइ गरिन् ।अभिनेत्री जेनिफर लरेन्स सन् २०१५ र २०१६ मा सर्वाधिक कमाउने अभिनेत्रीमा परेकी थिइन् । उनले गत वर्ष दुई अर्ब नौ करोड डलर कमाइ गरिन् ।

५२ वर्षकी अभिनेत्री जेनिफर एनिस्टन ‘फ्रेण्डस’को हिस्सा थिइन् । यो शो विश्वभर लोकप्रिय शोमा गनिन्छ । उनले पनि गत वर्ष दुई अर्ब नौ करोड डलर आम्दानी गरिन् ।

यस्तै अभिनेत्री मेलिसा मेक्कार्थीले एक अर्ब ८७ करोड, केली कुओकोले पनि एक अर्ब ८७ करोड, मेरिल स्ट्रिपले एक अर्ब ७९ करोड, मार्गोट रोबीले एक अर्ब ७५ करोड, शार्लीज थेरोनले एक अर्ब ७१ करोड, एमिली ब्लण्टले एक अर्ब ६८ करोड र निकोल किडमेनले एक अर्ब ६४ करोड कमाइ गरे ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested