English

कोरोना महामारीले पुनः सुस्तायो नेपाली फिल्म निर्माण



छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको बेला नेपालमा पनि यो बढ्दो क्रममा छ । सरकारले भिडभाड हुने कार्य नगर्न तथा विद्यालयहरू पनि बन्द गर्न अनुरोध गरिरहेको बेला चलचित्र निर्माण कार्य भने जारी छ ।

त्यसो त कोरोनाको त्रास झन झन बढ्दै गईरहेको बेला निर्माण कार्य सकेर प्रदर्शनको लागि तयारी अवस्थामा रहेका चलचित्रहरू पनि आफ्नो प्रदर्शन मिति सार्दै बसिरहेका छन् । तर चलचित्र निर्माण कार्य भने रोकिएको छैन । यस्तो अवस्थामा पनि जोखिम मोलेर कुन कुन चलचित्र निर्माण भइरहेको छ त ?

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार अन्य समयको तुलनामा अहिले निकै कम सिनेमा निर्माण भइरहेको छ । अहिलेको परिस्थितिमा सिनेमा क्षेत्रमा जोडिएका प्रायःले आफ्नो रोजगारी गुमाएका छन् । यस्तो परिस्थितिमा चलचित्रकर्मीहरूले कहिलेसम्म बेरोजगार भएर बस्नुपर्ने हो भन्ने टुङ्गो छैन । त्यसैले, थोरै लगानी गरेर भए पनि चलचित्र निर्माण गर्नेहरू छन् ।

धेरैले कोरोनाको दोस्रो लहरको त्रासले निर्माण कार्य केही समयलाई पछि सारेका छन् । कोरोना भाइरसको कारण आफूले हाललाई छायाङ्कन स्थगित गरेको फिल्म ‘हिमानी’का निर्माता माधव वाग्लेले जनाए ।

निर्माण भइरहेका चलचित्र

२०७६ चैतको पहिलो साताबाटै सिनेमा हल नखोल्न, चलचित्र सुटिङको काम नगर्न सरकारबाटै रोक लगाइएको थियो । २०७७ मंसिर अन्तिमबाट चलचित्र छायाङ्कन कार्य खुलेपछि २०७८ बैशाखको पहिलो सातासम्म ४१ वटा फिल्मले निर्माण अनुमति लिएका छन् । अनुमति लिएकाहरू मध्येमा राधा, चिसो मान्छे, सम्हालिन्छ कहिले मन, बोक्सीको घर लगायत फिल्मको छायाङ्कन सकिएको छ । धेरैले कोरोनाको दोस्रो लहरको त्रासले निर्माण कार्य केही समयलाई पछि सारेका छन् । कोरोना भाइरसको कारण आफूले हाललाई छायाङ्कन स्थगित गरेको फिल्म ‘हिमानी’का निर्माता माधव वाग्लेले जनाए ।

हाल छायाङ्कन भइरहेको फिल्ममा हिँड्दा हिँड्दै, चुरीफुरी, तिम्रो मेरो साथ, द सेक्रेट अफ राधा, कौसिद, डिसेम्बर फल्स, तिम्रो मेरो साथ, गणपति लगायतका फिल्म छन् । योसँगै अन्य केही फिल्मका छायाङ्कन कार्य पनि अहिले गुपचुप रूपमा भइरहेको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार प्रायः निर्माताहरू केही समय पर्ख र हेरको रणनीतिमा छन् । परिस्थिति बिग्रिँदै गयो भने निर्माण कार्य अझै पर सार्नुपर्ने स्थिति छ ।

जोखिम किन मोलियो ?

२०७८ सालको आगमनसँगै नयाँ वर्षदेखि परिस्थिति अलि सुधारिन्छ कि भन्ने अनुमान चलचित्रकर्मीहरूले गरेका थिए । कोरोनाको खोप पनि बनिसकेको हुनाले आशा पनि पलाएको थियो । त्यसैले चलचित्र निर्माणको जोखिम मोलेका थिए । तर, कोरोनाको दोस्रो लहर बढेसँगै आशा निराशामा परिणत भएको छ ।

अहिले सरकारले २५ जना भन्दा बढी भिडभाड नगर्नु भनेको छ । सामाजिक दूरी कायम गर्दै चलचित्र निर्माण गर्छौं भनेर केही चलचित्रकर्मीहरू लागेका छन् तर उत्साह छैन । ८÷९ वटा सिनेमाले यो नयाँ वर्षदेखि निर्माण सुरु गर्ने भनेर अनुमति लिएका थिए, तीमध्ये दुइटाले मात्र आफ्नो निर्माण कार्य सुचारु गर्न सकेका छन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार प्रायः निर्माताहरू केही समय पर्ख र हेरको रणनीतिमा छन् । परिस्थिति बिग्रिँदै गयो भने निर्माण कार्य अझै पर सार्नुपर्ने स्थिति छ । तर जोखिम कम भयो र सबैले कोरोना खोप लगाउन पाए भने भने चलचित्र निर्माणको काम रोकिदैन ।

शरीरको पनि ख्याल गर्नुपर्छ । स्वस्थ भइयो भने मात्र अरु काम गर्न सकिन्छ भन्ने सन्देश बारम्बार चलचित्र निर्माता संघले दिइरहेको छ ।

‘सरकारले पनि केही निर्णय दिइसकेको छैन । हामीले मौखिक सल्लाह भने दिइरहेका छौं,’ अधिकारी भन्छन्, ‘लाखौं लगानीमा चलचित्र निर्माण गरेर प्रदर्शन हुन पाएन भने झन समस्या हुन सक्छ । शरीरको पनि ख्याल गर्नुपर्छ । स्वस्थ भइयो भने मात्र अरु काम गर्न सकिन्छ भन्ने सन्देश बारम्बार चलचित्र निर्माता संघले दिइरहेको छ ।’

थोरै लगानी गरेर सानो बजेटका फिल्म निर्माण गरेर चलचित्र क्षेत्रलाई चलायमान बनाउँछु भन्नेहरूलाई रोक्दा त झन चलचित्र क्षेत्र पूरै संकटमा पुग्न सक्छ । त्यसैले, स्वास्थ्य मापदण्ड अपनाएर फिल्म निर्माण गर्नुस् भनेर संघले निर्माताहरूलाई अनुरोध गरेको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर मात्र काम गर्न भनेको छ ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested