English

पुल बनेपछि खुसियाली



बाँकेको खजुरा गाउँपालिका वडा नं-७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्। काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीयवासी पूर्णिमा सुनारले बताए।

हिउँदको समयमा समस्या नभए पनि वर्षाको समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उनको भनाइ छ। पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा र खजुरा बजार आवत-जावत गर्न अब धेरै सजिलो भएको छ।

खजुरा-७ सिन्दुरेस्थित जेठी नालामा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए।

पुल बनेपछि स्थानीयवासीले गाउँपालिका सरकारको अनुभूति गर्न पाएको खजुरा-७ का अध्यक्ष अतिउल्ला खानले बताए। उपभोक्ता समितिमार्फत २८ लाख ३४ हजार ६०७ लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकृत दिलबहादुर पौडेलले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested