English

अमेरिकासँग सम्मानजनक सम्बन्ध चाहन्छौं : रसिया



रसियाली विदेशमन्त्री सर्जी लाभरोभले रसियाले अमेरिकासँग ‘पारस्परिक सम्मानजनक’ सम्बन्ध चाहेको बताएका छन् । युक्रेन संकटलाई लिएर अमेरिका र रसियाबीच तनाब चर्किरहेकै बेला विदेशमन्त्री लाभरोभको भनाइ सार्वजनिक भएको हो ।

‘विश्वका अन्य देशहरुसँग झैँ हामीले अमेरिकासँग राम्रो, समान र पारस्परिक सम्मानजनक सम्बन्ध चाहन्छौं,’ रसियाको समाचार च्यानल ओनसँगको अन्तर्वार्तामा लाभरोभले भने । उनले अगाडि भने, ‘हामी एउटा त्यस्तो अवस्थामा बस्न सक्दैनौं जहाँ दैनिक हाम्रो सुरक्षामाथि धावा बोलिन्छ ।’

युक्रेनसँगको सीमामा रसियाले एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । रसियाले युक्रेनमाथि अतिक्रमणको आशय नभएको बताए पनि पश्चिमालगायतका देशहरुले रसियाले युक्रेमाथि हमला गर्न खोजेको बताउँदै आएका छन् । सन् २०१४ को युद्धपछि रसियाले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो भूभागमा विलय गराएको थियो ।

सीमामा रहेका फौज हटाउन रसियामाथि बढ्दो अन्तर्राष्ट्रिय दबाब छ । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्न सक्ने वासिंगटनले बताउँदै आएको छ । तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सिकीले आक्रमणबारे अनावश्यक त्रास सिर्जना नगर्न पश्चिमेली गठबन्धनलाई अनुरोध गर्दै आएका छन् ।

यो पनि
युक्रेनमा रसियाले हमला गरे रुसी ग्यास पाइप लाइन अवरुद्ध हुन्छ- अमेरिका
अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested