English

यी तीन स्रष्टालाई भैरव पुरस्कार



नेपाली साहित्यका विराट प्रतिभा एवं हास्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारबाट यसवर्ष तीन जना स्रष्टालाई सम्मान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।

जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने छ । यो पुरस्कारको राशि रु एक लाख ११ हजार १ सय ११ रहेको छ । पहिलोपटक यसै वर्षदेखि घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ ।https://fitkauli.com/post/1908

पुरस्कारको राशि एक लाख एक हजार १११ रूपैयाँ रहेको छ । नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई अब वर्षेनि यो पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले जानकारी दिए ।

त्यस्तै, ५५ हजार ५ सय ५५ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताको नाम छनोट गर्न गुठीले व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहेको समिति गठन गरेको थियो । कोभिड–१९ को कहर कम हुनेवित्तिकै औपचारिक कार्यक्रम गरी पुरस्कार प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।
यो पनि
कथा : सकुबस
रोल्पामा सुनिए १७ कविता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested