English

महिलाले खोज्छन् यस्ता पुरुष



महिलाले कस्ता पुरुष मन पराउलान् ? साच्चै, यो अनुमान लगाउन गाह्रो कुरा हो । तर, एक अध्ययनले महिलाको रुचिलाई जान्ने प्रयत्न गरेको छ । जसमा अधिकांश महिलाको धारणा परिवर्तन नभएको पाइयो । उक्त अध्ययनमा ९८ प्रतिशत महिलाले आफ्नो पार्टनर आर्थिक रुपले सबल होस् भन्ने चाहने रहेछन् । यो बाहेक कस्ता स्वभाव र गुण भएका पुरुषप्रति महिला आकर्षित हुन्छन् भन्ने बारे यहाँ चर्चा गरिएको छ ।

खुलस्त

पारदर्शिताको यो युगमा महिलाहरू आफ्नो पार्टनरले कुनै कुरा नलुकाओस् भन्ने चाहन्छन् । उनीहरू बाहिर देखिएजस्तो मात्रै नभई पार्टनरको भित्री रहस्यसमेत बुझ्न चाहिरहेका हुन्छन् ।

परिपक्वता

पार्टनर परिपक्व हुनु धेरै महत्वपूर्ण छ । महिलाहरू साथीजस्तो व्यवहार भएकासँग सम्बन्ध राख्न रुचाउँछन् । जब जीवनसाथी छनोटको कुरा आउँछ, तिनीहरू गम्भिर र परिपक्व पुरुषहरू चाहन्छन् । यही कारणले गर्दा महिलाहरू आफ्नो उमेरभन्दा परिपक्व पुरुषप्रति बढी आर्कषित हुन्छन् ।

बफादार

महिलाहरू बफादार पुरुषहरूसँग जीवन बिताउन चाहन्छन् । पुरुष जसले आफूलाई भावनात्मक रूपमा बुझ्न सकोस् र जीवनभरि साथ देओस् ।

छिटो निर्णय लिनसक्ने

पुरुष बुद्धिमान मात्र होइन छिटो सही निर्णय लिन सक्ने हुनुपर्छ । आजको तीव्र गतिको जीवनमा महिलाहरूले पनि गतिलाई प्राथमिकता दिइरहेका हुन्छन् । उनीहरूलाई छाडा प्रवृत्ति अपनाउने पुरुषहरू मनपर्दैन ।

स्मार्ट

महिलाहरू स्मार्ट र विद्वान् पुरुष मनपराउँछन् । पढाइमा मात्र होइन, बाहिरी संसारमा पनि ज्ञान हुनु आवश्यक छ । तपाईंलाई धेरै कुराहरू थाहा हुनुपर्छ । ताकी उसलाई तपाईंको साथमा राम्रो लागोस् ।

फिटनेस

पार्टनरहरू समानतामा विश्वास गर्छन् । यो दैनिक जीवनमा पनि लागू हुन सक्छ । आजकल फिटनेसमा रुचि राख्ने र सरसफाइ गर्ने केटाहरू मन पराउँछन् । त्यसैले, फिटनेस र सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ

आर्थिक रुपमा सबल

महिलाहरू स्मार्ट र विद्वान् पुरुषका साथै आर्थिक अवस्था सबल भएको पुरुषहरू मनपराउँछन् । पैसाले नै हरेक आवश्यकता पूरा हुने हुँदा आर्थिक अवस्था सबल हुनु आवश्यक छ

यो पनि…
कोभिड भ्याक्सिनपछि शारीरिक सम्पर्क कति सुरक्षित ?
विवाहअघि सोध्नुहोस् यी कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested