English

बेरोजगार भए ‘सीआइडी’का एसपी



टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् । उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’ बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए । ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन् । उनी कामको खोजीमा छन् ।

‘म यो भन्न सक्दिनँ कि मलाई धेरै अफर आइरहेको छ । छैन त छैन । एक–दुईवटा अफर छन्, तर त्यसमा रुचि छैन । म मराठी थिएटरबाट हुँ । मैले जहिल्यै पनि तिनै प्रोजेक्टमा काम गरें, जुन मलाई मनपथ्र्याे । मेरो दुर्भाग्य यो हो कि पहिलाको जस्तो शक्तिशाली चरित्र अहिले लेख्न छोडियो । यो दुवैका लागि नोक्सानको कुरा हो । एक अभिनेता भएको नाताले म राम्रो कामलाई मिस गरिरहेको छु । दर्शक राम्रो कलाकारलाई मिस गरिरहेका छन् ’ शिवाजी भन्छन् ।

शिवाजीका अनुसार उनलाई अहिले प्रहरी अधिकारीको भूमिकामा अफर आइरहेको छ । जुन भूमिका उनले २० वर्षयता गरिरहेका छन् । यो भूमिका अब उनी गर्न चाहँदैनन् । ‘म किन गर्छु, एउटै भूमिका म पटक–पटक गर्न सक्दिनँ । तर, एसीपी प्रद्युम्नको भूमिका मेरो हृदय नजिक छ । फेरी सीआइडी शुरु भयो भने त्यो भूमिका फेरि गर्नुपर्छ । म अहिले भूमिकालाई भन्दा पनि काम नपाएर तनावमा छु, उनले भनेका छन् ।
शिवाजीले सन् १९८८ मा नसिरुद्दिन शाह र अनुपम खेरको फिल्म ‘पेस्टोनजी’बाट करियर शुरुवात गरेका थिए । उनले ‘यशवन्त, ‘गुलाम–ए–मुस्तफा’, ‘युगपुरुष’, ‘हु तु तु’, ‘चाइना गेट’, ‘नायक’लगायतका फिल्ममा अभिनय गरेका छन् ।’

टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् ।

उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए । ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन् । उनी कामको खोजी गरिरहेका छन् ।

‘म यो भन्न सक्दिनँ कि मलाई धेरै अफर आइरहेको छ । छैन त छैन । एक–दुईवटा अफर छन्, तर त्यसमा रुचि छैन । म मराठी थिएटरबाट हुँ । मैले जहिल्यै पनि तिनै प्रोजेक्टमा काम गरें, जुन मलाई मनपर्थ्यो। मेरो दुर्भाग्य यो हो कि पहिलाको जस्तो शक्तिशाली चरित्र अहिले लेख्न छोडियो । यो दुवैका लागि नोक्सानको कुरा हो । एक अभिनेता भएको नाताले म राम्रो कामलाई मिस गरिरहेको छु । दर्शक राम्रो कलाकारलाई मीस गरिरहेका छन्’, शिवाजी भन्छन् ।

शिवाजीका अनुसार उनलाई अहिले प्रहरी अधिकारीको भूमिकामा अफर आइरहेको छ । जुन भूमिका उनले २० वर्षयता गरिरहेका छन् । यो भूमिका अब उनी गर्न चाहँदैनन् । ‘म किन गर्छु, एउटै भूमिका म पटक–पटक गर्न सक्दिनँ । तर एसीपी प्रद्युम्नको भूमिका मेरो हृदय नजिक छ । फेरी सीआइडी सुरु भयो भने त्यो भूमिका फेरि गर्नुपर्छ । म अहिले भूमिकालाई भन्दा पनि काम नपाएर तनावमा छु’, उनले भनेका छन् ।

शिवाजीले सन् १९८८ मा नसिरुद्दिन शाह र अनुपम खेरको फिल्म ‘पेस्टोनजी’बाट करियर सुरुवात गरेका थिए । उनले ‘यशवन्त’, ‘गुलाम–ए–मुस्तफा’, ‘युगपुरुष’, ‘हु तु तु’, ‘चाइना गेट’, ‘नायक’लगायतका फिल्ममा अभिनय गरेका छन् ।
यो पनि
धनुष-ऐश्वर्या : अलग हुनुको रहस्य
अरूलाई प्रेम सिकाउने ‘महाभारत’का श्रीकृष्णको पत्नीसँग डिभोर्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested