English

सकारात्मक ऊर्जाका लागि यसरी सजाउनुहोस् आफ्नो बैठक कोठा



घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ ।

घरभित्रको बैठक कोठा एउटा यस्तो कोठा हो जुन सबैको मन पर्ने कोठा हो । किनभने, बैठक कोठामा घरका सबै सदस्यहरूसँंग गुणस्तरीय समय बिताउँछन् । साथै, टीभी हेर्छन्, मनपर्ने पुस्तकहरू पढ्छन् ।

घरमा आएका पाहुनाहरू पनि उपस्थित हुने हुँदा बैठक कोठाको आकर्षणले सम्पूर्ण घरको सौन्दर्य बढाउँछ । त्यसैले, आज हामी तपाईंलाई केही यस्ता उपायहरू बताउँदै छौँ जसले तपाईंको बैठक कोठालाई सजाउन मद्दत गर्छ ।

लामो पर्दा राखौँ

बैठक कोठाको पर्दा सधैं लामो हुनुपर्दछ । तिनीहरूको आकार यसरी राख्नुहोस् कि यसले जमिन छोओस् । यस्तै झ्यालको पर्दाहरू लामो हुनु हुँदैन । यस्तो संयोजनले तपाईंको बैठक कोठलाई एकदम आकर्षित तुल्याउँछ ।

अत्यधिक सामान नराखौँ

कोही कोही सोच्छन् कि बैठक कोठामा धेरै सामान राख्दा राम्रो देखिन्छ तर, त्यस्तो होइन तपाईंको बैठक कोठा खाली हुनुपर्दछ । बैठक कोठालाई म्युजियम जस्तो गरी सजाउनु हँुदैन । बैठक कोठा सजाउन केवल फूलका भाँडाहरू र चित्रहरू प्रयोग गर्नुहोस् । कोठा ठूलो देखाउनका लागि सामानहरू कुनाको नजिक राख्नुहोस् । बैठक कोठा सधैं बीचमा खाली राख्नुपर्दछ ।

पत्रिकाले टेबुल नभरौँ

बैठक कोठाको टेबलमा एउटा मात्र न्युजपेपर हुनुपर्छ । कहिले काहीँ टेबलबाट पुराना न्युजपेपर हटाई नयाँ राख्ने गर्नुपर्छ ।

सेटिङहरू परिवर्तन गरिरहने गरौँ

बैठक कोठालाई ताजा र आकर्षक बनाउन सधैँ यसको सेटिङहरू परिवर्तन गरिरहनुहोस् । अर्थात् बैठक कोठामा सोफा, टीभी र टेबलको पोजिसन प्रत्येक दुई महिनामा परिवर्तन गरिरहनुहोस् । साथै, बैठक कोठामा सामानहरू राख्दा ध्यान दिनुपर्छ । बैठक कोठा खुल्ला राख्नुहोस्

सही कार्पेटको प्रयोग गरौँ

तपाईंको आफ्नो बैठक कोठामा सही र उत्कृष्ट लुक्स दिनका लागि साना कार्पेटहरूको पनि प्रयोग गर्न सक्नुहुन्छ । कार्पेटको रङ्ग भित्ताको रङ्ग अनुसारको राख्ने कुरामा विशेष ध्यान दिनुहोस् ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

यसरी सजाऔँ घरलाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested