English

योगमा गृहिणीको आकर्षण बढ्दै



बिहानको चार नबज्दै महानगर विराटनगरका सडकहरूमा हिंडालुको स्वरसँगै पैतालाको आवाज गुन्जिन थाल्छ । यो आवाजमा दौडिरहेका र हिँडिरहेकामा महिलाको सङ्ख्या नै बढी हुन्छ ।

पाँच नबज्दै खुल्ने योग, नृत्य र एरोबिक्स सेन्टरहरूमा महिलाकै बाक्लो र सक्रिय उपस्थिति देख्न सकिन्छ । यो उपस्थितिले उनीहरू स्वास्थ्यको मामिलामा जागरूक हुँदै गएको बेजोड सङ्केत हो ।

वाकिङ र प्राणायामको महत्त्व धेरै पछि थाहा पाए, युवा उमेरमा यस बारेमा ज्ञान भई दिएको भए रोगग्रस्त हुँदैनथे, अहिले मेरो छोराबुहारी र नातिनातिना सबैलाई जानकारी छ ।

स्थानीय गृहिणी ५३ वर्षीया इन्दिरा दाहालले बिहानीको डुलाइसँगै योग गर्न थालेको १० वर्ष भयो । ‘पाँच वर्षदेखि निरन्तर गरिरहेको छु, स्वस्थ र प्रफुल्ल रहनलाई गर्न थालेको थिएँ,’ उनी भन्छिन्, ‘बिस्तारै बानी बस्यो, बढ्दो उमेरसँगै हात गोडा र जोर्नीको दुखाइ बढ्न थाल्यो । अहिले योगले राहत दिएको छ ।’

उच्च रक्तचाप एवं मधुमेहबाट पीडित स्थानीय ६५ वर्षीया विनोददेवी अग्रवालले बिहान नियमित आधी घण्टा हिंडन थालेको पाँच वर्ष भयो । ‘वाकिङ र प्राणायामको महत्त्व धेरै पछि थाहा पाए,’ उनी भन्छिन्, ‘युवा उमेरमा यस बारेमा ज्ञान भई दिएको भए रोगग्रस्त हुँदैनथे, अहिले मेरो छोराबुहारी र नातिनातिना सबैलाई जानकारी छ ।’

आफ्नो दैनिकीलाई स्वस्थ ढङ्गले आरम्भ गर्ने कलासँगै योगले महिलालाई थप चिनारी पनि दिइरहेको अर्का गृहिणी ४६ वर्षीया शिल्पा प्याकुरेल बताउँछिन् । खराब स्वास्थ्यसँग जुधिरहेको बेला १५ वर्ष अगाडि उनी योग पथमा लागेर जीवनशैलीलाई परिवर्तन गरिन् ।

बिहे गरेको १० वर्ष पछि सन्तान पाएकी उनी नसा च्यापिने समस्याबाट समेत पीडित थिइन । ‘२४ घण्टा ब्यान्डेज बाँधेर बस्नु पर्थ्यो, प्राणायाम गर्न थाले पछि सब ठिक भयो, स्वास्थ्यको सन्तुलन मिल्यो,’ प्याकुरेल भन्छिन्, ‘योगसँगै धार्मिक प्रवचन, मन्त्र र सङ्गीतले मनमा सकारात्मक असर पार्छ ।’ यो मार्गमा लागेको तीन महिनामै उनी योग शिक्षक भइन् ।

‘योगबाट प्राकृतिक रूपले रोग प्रतिरोधक क्षमता बढ्छ,’ डा. झा भन्छन्, ‘रुघाखोकी र श्वासप्रश्वासको सङ्क्रमण हुन दिँदैन, पाचन प्रणालीलाई मजबुत बनाउँछ, यति भए पछि रोग टाढा रहन्छ ।’

‘भान्छाको काममा मात्र सीमित महिलाभित्रको प्रतिभालाई उजागर गर्ने मञ्च पनि हो यो,’ उनी भन्छिन्, ‘स्वास्थ्य प्रति निकै जागरूक हुँदै गएको आफू जस्तो महिलालाई योगको ज्ञानले चिनारी समेत दिइरहेको छ ।

गृहिणी तन्दुरुस्त रहनु समग्र परिवारकै स्वास्थ्यकोलागि राम्रो हुने कोसी अस्पतालका मुटु रोग विशेषज्ञ डा. सर्वेशकुमार झा बताउँछन् । ‘योगसँग स्वस्थ खानपिन र आनीबानी जोडिएको हुनाले के खान/गर्न हुने एवं नहुने सचेत गृहिणीलाई थाहा हुन्छ,’ उनी भन्छन्, ‘पहिलो अस्पताल मानिने घरको भान्छा ठिक भएमा चिकित्सककोमा धाउनु पर्दैन ।’

सबेरै उठेर योग एवं मर्निंग वाक गर्ने र नगर्नेको शारीरिक एवं मानसिक अवस्थामा धेरै अन्तर हुने गरेको झा बताउँछन् । ‘नियमित योग र वाक गर्नेको मनोबल पनि उच्च हुन्छ,’ उनी भन्छन् । डा. झाको अनुसार वंशाणुगत रोग बाहेकका स्वास्थ्य समस्यामा यसले वैकल्पिक औषधी वा उपचारको रूपमा काम गरिरहेको हुन्छ ।

‘योगबाट प्राकृतिक रूपले रोग प्रतिरोधक क्षमता बढ्छ,’ डा. झा भन्छन्, ‘रुघाखोकी र श्वासप्रश्वासको सङ्क्रमण हुन दिँदैन, पाचन प्रणालीलाई मजबुत बनाउँछ, यति भए पछि रोग टाढा रहन्छ ।’

मोरङमा पतञ्जलि योग समितिको ४० योग सेन्टरमध्ये विराटनगरमा २१ वटा रहनुले महानगरवासीको स्वास्थ्यप्रतिको सचेतनालाई बुझ्न सकिन्छ । यो बाहेक ओशो ध्यान केन्द्र, ब्रह्मकुमारी राजयोग र आर्ट अफ लिभिंगले ज्ञान ध्यान एवं योगको नियमित कार्यक्रम गरिरहेको छ ।

डा.झाको भनाइलाई विद्यालय शिक्षक ४१ वर्षीया सुभाष विष्ट खतिवडाको अनुभवले पनि थप पुष्टि गर्छ । टन्सिलले निकै दुःख दिए पछि योगमा लागेको उनी बताउँछिन् । २०६४ देखि योगलाई दैनिक दिनचर्यामा सामेल गरेकी उनी अहिले रोग एवं तनावबाट पूर्णतया मुक्त भएको अनुभव सुनाउँछिन् । आफ्नो स्वास्थ्य अवस्थामा चमत्कारिक सुधार देखे पछि श्रीमान् शिक्षक ऋषि खतिवडा पनि योगमा लगाएको उनी बताउँछिन् । एक दशक बढी समयदेखि यी शिक्षक दम्पती  योग प्रशिक्षणको क्षेत्रमा समेत सक्रिय छन् ।

मोरङमा पतञ्जलि योग समिति सबैभन्दा सक्रिय छ । पतञ्जलिको मोरङमा रहेका ४० योग सेन्टरमध्ये विराटनगरमा २१ वटा रहनुले महानगरवासीको स्वास्थ्यप्रतिको सचेतनालाई बुझ्न सकिन्छ । यो बाहेक ओशो ध्यान केन्द्र, ब्रह्मकुमारी राजयोग र आर्ट अफ लिभिंगले ज्ञान ध्यान एवं योगको नियमित कार्यक्रम गरिरहेको छ । जानी सकेपछि समूहमा गर्ने भन्दा एक्ला एक्लै घरमा गर्नेको सङ्ख्या धेरै बढी रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

हरेक सेन्टरमा औसत १२ जना सहभागी हुने गरेको पतञ्जलिका योग शिक्षक ५१ वर्षीय राजुचन्द्र दाहाल बताउँछन् । ‘यसमा दुई तिहाइ गृहिणी रहेका छन्,’ उनी भन्छन् । गृहिणी सहभागिता धेरै हुने कारणमा विविध रोगको व्यवस्थापन र स्वस्थ जीवनशैली प्रतिको जागरूकता हुनसक्ने उनी बताउँछन् ।

शारीरिक एवं मानसिक रूपले सबल हुने इच्छा, घरको चौघेराबाट खुला हावा लिँदा प्राप्त हुने स्वतन्त्रताको अनुभूति लिन पनि महिलाको सहभागिता बढिरहेको पतञ्जलि योग समितिका मोरङका अध्यक्ष ध्रुव तामाङ बताउँछन् । ‘एक/डेढ घण्टा योग गर्दा रमाउन पाउँछन्,’ उनी भन्छिन्, ‘यसले दिनभर उनीहरूलाई तरोताजा राख्छ ।’

पुरुषभन्दा महिला नै योग र ध्यानमा सक्रिय पाएका छौँ, स्वामी प्रेम रोहित भन्छन् । निराशा, चिन्ता, त्रास र तनावमुक्त बनाएर आत्मविश्वास बढाउने हुनाले पनि योग प्रभावकारी देखिएको उनी बताउँछन् ।

कोरोना कहरले अहिले योग सेन्टरको सहभागिताको सङ्ख्यामा असर पारेको छ । कोभिड अगाडि पतञ्जलि योगको स्थानीय तिनटोलिया सेन्टरमा ४५ जनासम्म सहभागी हुन्थे । कोरोना सुरु हुँदा ३२ मा झर्‍यो भने सङ्क्रमण बढे पछि १६/१७ जनामा सीमित भयो । पछि धेरै महिनासम्म बन्द नै गर्नुपर्‍यो ।

अहिलेको विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाउँदै विराटनगरस्थित ओशो ध्यान केन्द्रमा बिहान, बेलुकी र साँझ दैनिक औसत सहभागी हुने २० जनामा आधी उधी महिला नै हुने गरेका छन् ।

‘पुरुषभन्दा महिला नै योग र ध्यानमा सक्रिय पाएका छौँ,’ स्वामी प्रेम रोहित भन्छन् । निराशा, चिन्ता, त्रास र तनावमुक्त बनाएर आत्मविश्वास बढाउने हुनाले पनि योग प्रभावकारी देखिएको उनी बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested