English

साउथ मुभी ‘थिरिमाली’ मा स्वस्तिमाको आइटम डान्स



साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको छ । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलावा अन्य दृश्यसमेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखिनेछिन्, भने माओत्सेको महत्वपूर्ण भूमिका छ ।

राजीव शेट्ठीको निर्देशन रहेको ‘थिरिमाली’ नेपालको पोखरा, काठमाडौं, लुक्ला लगायतका स्थानमा छायांकन भएको थियो । ट्रेलरमा नेपालका दृश्य पर्याप्त राखिएका छन् । फिल्मले भारतबाट नेपाल घुम्न आएको तीन साथीको कथा देखाउनेछ ।

हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने बताइएको फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरिश कणरण, अन्ना राजनका साथै नेपाली कलाकार उमेश तामाङको पनि अभिनय छ । एस के लरेन्स र रानी लरेन्स निर्माता रहेको फिल्मको प्रदर्शन मिति तय हुन बाँकी छ ।

यो पनि
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)
‘बलिउड कलाकारका अघि छायाँमा पर्छु कि भन्ने चिन्ता छ’- विपिन कार्की



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य